एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सप्ताहन्तमा भएको घातक हिंसापछि हाइटीको राजधानी पोर्ट–अ–प्रिन्समा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गरेकाे उनको मुख्य प्रवक्ताले सोमबार बताएका छन् ।
“महासचिव पोर्ट–अ–प्रिन्समा निरन्तर बिग्रँदै गएको सुरक्षा स्थितिप्रति अत्यन्त चिन्तित छन् । हाइटीमा सशस्त्र गिरोहहरूले सप्ताहन्तमा प्रहरी चौकी र दुई कारागारसहित महत्वपूर्ण पूर्वाधारहरूमा आक्रमणलाई तीव्र बनाएका छन्”, प्रवक्ता स्टेफन डुजारिकले भने ।
उनका अनुसार महासचिव गुटेरेसले विशेषरूपमा गैर–संयुक्त राष्ट्र बहुराष्ट्रिय सुरक्षा सहायता मिसनका लागि वित्तीय सहायता प्रदान गर्न तत्काल कारवाहीको आवश्यकता दोहोर्याए । मिसनमा मुलुकहरूको स्वयंसेवी प्रहरी टुकडीको एउटा समूह छ । उक्त समूहले तत्काल सुरक्षा आवश्यकताहरू पूरा गर्न र मुलुकलाई अराजकताबाट जोगाउन हाइटीका प्रहरीलाई सहयोग गर्नेछ ।
महासचिवले हाइटी सरकार र अन्य राजनीतिक नेताहरूसँग निर्वाचनमार्फत लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापनाको दिशामा राजनीतिक प्रक्रियालाई अगाडि बढाउने आवश्यक कदमहरूमा छिटो सहमत हुन आह्वान गरेकाे प्रवक्ता डुजारिकले बताए ।
प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति एरियल हेनरी केन्यामा एक हजार प्रहरी अधिकारीलाई पठाउने कार्यलाई वैध बनाउने एक सम्झौतामा हस्ताक्षर गर्नका लागि केन्यामा हुँदा हिंसा भड्किएको थियो ।
सन् २०२१ जुलाईमा राष्ट्रपति जोभेनल मोइसको हत्यापछि सम्पूर्ण क्यारेबियाली मुलुकमा गिरोह हिंसा बढिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: