Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

हाइटीमा घातक हिंसापछि राष्ट्रसङ्घीय प्रमुखद्वारा ‘गहिरो चिन्ता’ व्यक्त

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सप्ताहन्तमा भएको घातक हिंसापछि हाइटीको राजधानी पोर्ट–अ–प्रिन्समा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गरेकाे उनको मुख्य प्रवक्ताले सोमबार बताएका छन् । 

“महासचिव पोर्ट–अ–प्रिन्समा निरन्तर बिग्रँदै गएको सुरक्षा स्थितिप्रति अत्यन्त चिन्तित छन् । हाइटीमा सशस्त्र गिरोहहरूले सप्ताहन्तमा प्रहरी चौकी र दुई कारागारसहित महत्वपूर्ण पूर्वाधारहरूमा आक्रमणलाई तीव्र बनाएका छन्”, प्रवक्ता स्टेफन डुजारिकले भने । 

उनका अनुसार महासचिव गुटेरेसले विशेषरूपमा गैर–संयुक्त राष्ट्र बहुराष्ट्रिय सुरक्षा सहायता मिसनका लागि वित्तीय सहायता प्रदान गर्न तत्काल कारवाहीको आवश्यकता दोहोर्याए । मिसनमा मुलुकहरूको स्वयंसेवी प्रहरी टुकडीको एउटा समूह छ । उक्त समूहले तत्काल सुरक्षा आवश्यकताहरू पूरा गर्न र मुलुकलाई अराजकताबाट जोगाउन हाइटीका प्रहरीलाई सहयोग गर्नेछ ।

महासचिवले हाइटी सरकार र अन्य राजनीतिक नेताहरूसँग निर्वाचनमार्फत लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापनाको दिशामा राजनीतिक प्रक्रियालाई अगाडि बढाउने आवश्यक कदमहरूमा छिटो सहमत हुन आह्वान गरेकाे प्रवक्ता डुजारिकले बताए । 

प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति एरियल हेनरी केन्यामा एक हजार प्रहरी अधिकारीलाई पठाउने कार्यलाई वैध बनाउने एक सम्झौतामा हस्ताक्षर गर्नका लागि केन्यामा हुँदा हिंसा भड्किएको थियो । 

सन् २०२१ जुलाईमा राष्ट्रपति जोभेनल मोइसको हत्यापछि सम्पूर्ण क्यारेबियाली मुलुकमा गिरोह हिंसा बढिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...

रूसद्वारा ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ इन्जिन परीक्षण सफल

मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त

अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...

नजिब रजाकलाई नजरबन्द अस्वीकार, जेलमै बाँकी सजाय

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...

माइतीघर मण्डलामा प्रदर्शन गर्ने आठजना पक्राउ

काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा ...

तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

काठमाडौँ । सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्...

झापाकाे लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

झापा ।  अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काक...

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौँ । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ...

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending