काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स्थित जानकी प्लास्टिक उद्योगमा छापा मारेको छ। तर छापामारीका क्रममा अपेक्षाभन्दा निकै कम मात्रामा शंकास्पद पाइप फेला परेपछि उद्योगबाट रातारात ठूलो परिमाणमा पाइप अन्यत्र सारिएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले शनिबार गोलबजार नगरपालिका–४ स्थित नेहाल आइरन स्टोरमा छापा मारेर मार्वल कम्पनीको नाम र लोगो अंकित ६ सय ३२ थान विभिन्न साइजका बोरवेल पाइप बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानमा ती पाइप मार्वल कम्पनीका आधिकारिक उत्पादन नभएको पुष्टि भएपछि प्रहरीले स्रोतको खोजी सुरु गरेको थियो।
स्टोरका सञ्चालक ४५ वर्षीय महम्मद साबिर खानले ती पाइप धनुषास्थित जानकी प्लास्टिक उद्योगबाट खरिद गरेको बयान दिएपछि प्रहरी टोली शनिबार साँझ उद्योगमा पुगेको थियो। तर खानतलासीका क्रममा थोरै मात्रामा मात्रै शंकास्पद पाइप फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले उद्योगमा सीमित परिमाणमा मात्रै पाइप बरामद भएको पुष्टि गर्दै उद्योग सञ्चालक पक्ष सम्पर्कविहीन रहेको र अनुसन्धान जारी रहेको बताए। उनका अनुसार घटनासँग सम्बन्धित सबै पक्षमाथि प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइनेछ।
आइतबार पनि प्रहरी टोलीले उद्योगमा पुगेर पुनः तलासी तथा प्रमाण संकलन गरेको छ। यद्यपि उद्योगसँग निकट स्रोतहरूले भने छापामारीको सूचना पाएपछि उद्योग परिसरमा रहेका ठूलो परिमाणका पाइप शनिबार राति नै अन्यत्र सारिएको दाबी गरेका छन्।
यसैबीच उद्योगकी सञ्चालिका अनिता अग्रवाल परिवारसहित सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी शनिबारदेखि नै फरार छन् र उनको खोजी तीव्र बनाइएको छ।
उता, मार्वल टेक्नो प्लास्टका मार्केटिङ म्यानेजर सुदीप न्यौपानेले सिरहाको गोलबजार क्षेत्रमा विगत तीन वर्षदेखि कम्पनीको नाम र लोगो दुरुपयोग गरी नक्कली पाइप बिक्री हुँदै आएको दाबी गरे। बजार अनुगमनका क्रममा उपभोक्ताले मार्वलकै पाइप प्रयोग गरिरहेको बताए पनि कम्पनीको आधिकारिक बिक्री अभिलेखमा त्यस क्षेत्रका लागि कुनै आपूर्ति नभेटिएपछि अनुसन्धान अघि बढाइएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...
आषाढ़ १४ गते, २०८३ - २१:४३
विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...
आषाढ़ १४ गते, २०८३ - २१:३९
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...
आषाढ़ १४ गते, २०८३ - २१:३४
रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...
आषाढ़ १४ गते, २०८३ - २१:३१
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...
आषाढ़ १४ गते, २०८३ - २१:२९
काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...
आषाढ़ १४ गते, २०८३ - २१:२८
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...
आषाढ़ १४ गते, २०८३ - २१:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...



प्रतिकृया लेख्नुहोस्: