बागलुङ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ ।
रू सात करोड लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिए । “पुलबाट वारिपारि गर्न थालेको चार दिन भयो । निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन भने भएको छैन”, उनले भने, “पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ । यसअघि यहाँका नागरिक आउजाउ गर्न एक/डेढ घण्टा लाग्नेमा अब १० मिनेट लाग्नेछ ।”
दुई वर्षमा निर्माण सक्ने गरी विसं २०७९ जेठमा सम्झौता भई विसं २०७९ साउनदेखि निर्माण सुरु भएकामा डेढ वषमा काम सकिएको निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ । पुल हस्तान्तरणको तयारी भइरहेको कम्पनीका प्रतिनिधि नरहरी खड्काले जानकारी दिए ।
निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौँले गरेको थियो । बागलुङ बजारलाई पर्वतको जलजलासँग जोड्दा यहाँको व्यापार व्यवसाय बढ्ने छ घने जलजलाका स्थानीयलाई घण्टौ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्था अन्त्य भएको छ ।
जलजलाबाट बागलुङ बजारको विद्यामन्दिरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिषेक जिसीले आफूलाई हिडेर यहाँ अध्ययन गर्न आउँदा डेढ घण्टा लाग्ने गरेको बताए । चार दिनदेखि पुलबाट आवातजावत गर्न थालेको भन्दै यसले समयमको बचत भएको बताए ।
“यसअघि दैनिक आउजाउ गर्न सास्ती भएपछि कोठा लिएर ११ कक्षा पढेको थिएँ । पुल बन्नथालेपछि कोठा छोडेर घरबाटै आउन जान थालेकामा अहिले चार दिनदेखि सहज भएको छ । करिब १० मिनेटमा विद्यालय पुग्न सकिन्छ”, जिसीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: