बागलुङ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ ।
रू सात करोड लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिए । “पुलबाट वारिपारि गर्न थालेको चार दिन भयो । निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन भने भएको छैन”, उनले भने, “पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ । यसअघि यहाँका नागरिक आउजाउ गर्न एक/डेढ घण्टा लाग्नेमा अब १० मिनेट लाग्नेछ ।”
दुई वर्षमा निर्माण सक्ने गरी विसं २०७९ जेठमा सम्झौता भई विसं २०७९ साउनदेखि निर्माण सुरु भएकामा डेढ वषमा काम सकिएको निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ । पुल हस्तान्तरणको तयारी भइरहेको कम्पनीका प्रतिनिधि नरहरी खड्काले जानकारी दिए ।
निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौँले गरेको थियो । बागलुङ बजारलाई पर्वतको जलजलासँग जोड्दा यहाँको व्यापार व्यवसाय बढ्ने छ घने जलजलाका स्थानीयलाई घण्टौ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्था अन्त्य भएको छ ।
जलजलाबाट बागलुङ बजारको विद्यामन्दिरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिषेक जिसीले आफूलाई हिडेर यहाँ अध्ययन गर्न आउँदा डेढ घण्टा लाग्ने गरेको बताए । चार दिनदेखि पुलबाट आवातजावत गर्न थालेको भन्दै यसले समयमको बचत भएको बताए ।
“यसअघि दैनिक आउजाउ गर्न सास्ती भएपछि कोठा लिएर ११ कक्षा पढेको थिएँ । पुल बन्नथालेपछि कोठा छोडेर घरबाटै आउन जान थालेकामा अहिले चार दिनदेखि सहज भएको छ । करिब १० मिनेटमा विद्यालय पुग्न सकिन्छ”, जिसीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: