Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो ।

विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर  १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । २०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी सङ्लन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले बताए । 

कार्यकारी निर्देशक हाङपाङका अनुसार प्रतितोला सुनको मूल्य रु एक लाख २१ हजार र प्रतितोला चाँदीको मोल रु एक हजार ४१० कायम गरिएको छ । सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ । 

बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँमा पनि धेरै देवीभक्त यहाँ आउने गर्दछन् । भारतका साथै अन्य देशबाट पनि भक्तजन यहाँ आउने गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा रुखको हाँगा भाँचिएर लाग्दा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङमा रुखको हाँगा भाँचिएर लाग्दा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका- ५ ठाडे गाउँका ५० वर्षीय...

खोटाङ र उदयपुर जोड्ने सुनकाेसी नदीकाे फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण सुरु

उदयपुर । गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको छ । सगरमाथा लोकमार्गमा पर्ने...

छविलालको बयानः गितेन्द्रबाबु राईले पैसा जुटाउने र रवि लामिछानेले गरे खर्च

काठमाडौं । गोर्खा मिडिया नेटवर्कमार्फत् सहकारी बचत रकम अपचलन प्रक्रियामा आफ्नो संलग्नता नरहेको बयान छबिलाल जोशीले दिएका छन् ।  कास्की प्रहरीले दर्त...

सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताएका छन् ।  आइतब...

यु–१९ मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिए नेपाल–भुटान

काठमाडौं । यु–१९ मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानविरुद्ध बराबरी खेलेको छ ।  आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको खेलम...

डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले  डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त गरेका छन । मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेल...

सुरक्षित कारोबार विधेयक अर्थ समितिवाट पारित

काठमाडौं । ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ ।  प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले सो बिधेयक संसोधनसहित पा...

पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको रूसको दाबी

मस्को । रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ । रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी एक विज्ञप्तिमा भनिएको छ, “रूसी सेना...

अनुगमनका क्रममा ४१५ बोरा रासायनिक मल जफत

सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...

सन् २०२२ मा ०.७५ प्रतिशतले बढ्यो वन क्षेत्र

काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy