काठमाडौं । पछिल्लो समय नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवास शक्ति केन्द्रको रुपमा रुपान्तरण भएको छ । प्रतिनिधिसभामा १० सिटको बल बोकेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पछिल्लो समय शक्ति केन्द्रको रुपमा परिणत भएको हो ।
नेपाललाई फकाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवाादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका छन् । देउवा बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका हुन् । कांग्रेस स्रोतका अनुसार भर्खरै सत्ताबाट गलहत्याइएका देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ओली–प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनलाई असहयोग गर्नका लागि फकाउन बिहानबिहानै उनको घर पुगेका हुन्।
तर, नेपाललाई ओली–प्रचण्डले गरेको प्रस्ताव स्वीकार गरीसकेको स्रोतले दाबी गरेको छ। सत्ता गठबन्धनमा मिसिन अन्तिम निर्णयका लागि नेकपा समाजवादीको बैठक अहिले केहीबेरमा बस्दै छ भने त्योभन्दा अघि नै पार्टीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न बालुवाटार पुगेका छन् ।
देउवासहितको गठबन्धनमा सोमबार गएको पहिरोले अचानक कांग्रेसलाई विपक्षी कित्तामा हुर्याइदिएको छ भने नेकपा एमाले सत्ता पक्षीय बनिसकेको छ। सत्ता गठबन्धनका सर्तहरुबारे छलफल गर्न नेता खनाल भने प्रधानमन्त्रीसँग कुरा गर्न बालुवाटारमा पुगेका स्रोतले बतायो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई औपचारिक रुपमा सत्ता गठबन्धनमा आउन आग्रह गरेका थिए । ओली र दाहालको आग्रहलाई नेपालले सकारात्मक रुपमा लिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन्।
बैठकका क्रममा एकीकृत समाजवादी सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको ओलीसँग नेपाल निवास पुगेका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । यद्यपि नेपालले नेकपा (एकीकृत समाजवादी) को बुधबारको बैठकबाट टुंगो गर्ने बताएको जानकारी दिए । बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: