काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले मत खसालेका छन्। मतदानका क्रममा ३६ जना प्रतिनिधि भने अनुपस्थित रहे।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे आमनेसामने छन्। अन्य पदाधिकारी पदहरूमा पनि दुवै पक्षबाट प्यानलसहित उम्मेदवारी परेको छ।
मतदानपछि अहिले ८० वटा विद्युतीय मतदान मेसिनबाट चिप्स निकाल्ने कार्य भइरहेको छ। चिप्स निकाल्ने काम सकिएपछि मात्रै मतगणना सुरु गरिने जनाइएको छ।
प्रत्येक मेसिनका लागि छुट्टाछुट्टै मुचुल्का खडा गरिने र मतपत्रको गणना तथा मेसिनमा खसेको मतबीच मिलान गर्नुपर्ने प्रक्रिया रहेको छ। प्रत्येक मेसिनको मुचुल्का तयार गर्न करिब दुई मिनेट लाग्ने अनुमान गरिएको छ। यसअनुसार ८० वटा मेसिनको मुचुल्का खडा गर्न करिब १ सय ६० मिनेट समय लाग्नेछ।
त्यसपछि मेसिन लक गरी छुट्टाछुट्टै कोड नम्बरका आधारमा चिप्स सिल गरिनेछ। सेन्टर कलेक्सन र सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने एमालेले जनाएको छ।
महाधिवेशनस्थलमा रहेका एमाले नेता ठाकुरप्रसाद गैरेले मतदान प्रक्रिया सुरु भएदेखि सम्पन्न हुन दुई दिन समय लागेको जानकारी दिए। उनका अनुसार ८० वटा मेसिनबाट मतदान भएको र एक मेसिनबाट एक जना प्रतिनिधिले मतदान गर्न सवा घण्टासम्म लागेको थियो।
उनले प्रविधिको प्रयोगलाई अझ छिटो र प्रभावकारी बनाउन स्पष्ट योजना आवश्यक रहेको बताए। प्रविधिको प्रयोगमा चुस्तता कमी देखिएको र अझै धेरै सुधार गर्नुपर्ने अनुभव भएको उनको भनाइ छ। चिसो र जाडो सहँदै भए पनि मतदान प्रक्रिया नरोकिई समयमै सम्पन्न गरिएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: