Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मधेसका मुख्यमन्त्री सुनिश्चतता खोज्दै जसपा र जनमत, प्रचण्ड अप्ठयारोमा

खबरडबली संवाददाता

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन र समर्थन जनाउनु अघि मधेस प्रदेशका भावी नेतृत्वका लागि लडाइ सुरू भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरे पछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले मधेस प्रदेश सरकारको सुनिश्चितता खोजेका हुन । दुबै पार्टीले मधेस प्रदेशको सुनिश्चितता खोजे पछि प्रधानमन्त्री प्रचण्डलाइ दुबै पार्टी मिलाउन सकस पर्ने देखिएको छ ।

सोही बिषयका कारण जसपा नेपालको आज बिहान बसेको कार्यकारिणी समितिको बैठक बिना कुनै निष्कर्ष सकिएको थियो । मुख्यतया: मधेस प्रदेशका मुख्यमन्त्री दिन एमाले र माओवादीले प्रतिबद्दता जनाउनु पर्ने अनि मात्रै केन्द्रका बारेमा निर्णय लिनु पर्ने भन्ने बहुमत सदस्यले धारणा राखे पछि जसपाको आजको कार्यकारिणी समितिको बैठक बिना निष्कर्ष टुंगिन पुगेको हो । कुनै निर्णय गर्न नसके पछि सोको सुनिश्चितता खोज्न बैठक लगत्तै अध्यक्ष उपेन्द्र यादव पार्टीका अर्का नेता राजेन्द श्रेष्ठलाइ लिएर वालुवाटार गएका थिए ।

उता, मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी प्रचण्ड सरकारमा सामेल हुने सन्देश प्रधानमन्त्री प्रचण्डलाइ पठाएको छ । एमाले र माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो ।

यसअघि एमालेसहितको गठबन्धन हुदाँ २०७९ पुस १० गते भएको सहमति अनुसार एक बर्ष पछि जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पाउने भन्ने थियो तर डेढ बर्ष लाग्नै खोज्दा पनि जनमतले सो सहमति अनुसारको मुख्यमन्त्री पाएको छैन ।

‘यसअघि निर्वाचन लगत्तै २०७९ पुस १० गते एमाले र माओवादीसँग भएको सहमति अनुसार एक बर्ष पछि मधेश प्रदेशको मुख्यमन्त्री जनमतको हुने भन्ने सहमति भएको थियो, त्यो सहमति अझै कार्यान्वयन भएको छैन, जबसम्म मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीको सुनिश्चितता पाउँदैनन, तबसम्म केन्द्र सरकारमा जाने कुनै निर्णय हुन सक्ने अवस्था छैन,’ प्रवक्ता शरदसिंह यादवले सञ्चारकर्मीसँग भने । उनका अनुसार मधेस मुख्यमन्त्री सुनिश्चितता भए पछि प्रचण्ड सरकारमा सहभागिता हुने वा समर्थन जनाउने बारेमा पार्टीले निर्णय गर्ने उनले जनाएका छन ।

जसपा नेपाल र जनमत दुवैले मधेस प्रदेशको मुख्यमन्त्रीमा सुनिश्चितता खोजे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राजनीतिक संकटमा परेका छन ।  

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending