Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

डढेलो र अतिक्रमणले उजाडिँदै वन

खबरडबली संवाददाता

महोत्तरी । पूर्वपश्चिम राजमार्गको दायाँबायाँका वनक्षेत्रमा अहिले जताततै धुवाँको मुस्लो देखिन्छ । महोत्तरीको भब्सीपुलदेखि सर्लाहीसँगको सीमा पर्ने बाँके पुलसम्मको करिब १६ किलोमिटर दूरीको वनक्षेत्रमा जताततै लागेको डढेलोले परैसम्म धुवाँको मुस्लो देखिएको हो ।

धेरैजसो पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फ सागरनाथ वन विकास परियोजनाको प्लटमा देखिने डढेलो अब उत्तरतर्फ पनि बढेको छ । राजमार्ग दक्षिण परियोजना र उत्तरतर्फ सामुदायिक (राष्ट्रिय वन) वनक्षेत्र छ । डढेलोको चपेटामा बढी परेको जिल्लाको बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने परियोजनाको वनक्षेत्र अभिलेखले आठ हजार हेक्टर देखाउँछ । यद्यपि ठाउँठाउँमा भएको अतिक्रमणले हाल परियोजनाको वनक्षेत्र छ हजार हेक्टर मुनि झरेको वनसम्बद्ध अधिकारी स्वीकार गर्छन् ।

यसैगरी, जिल्लामा परियोजनाबाहेक सामुदायिक र धार्मिकसहितको वनक्षेत्र अभिलेखमा १६ हजार हेक्टरमाथि छ । यी क्षेत्रमा पनि अतिक्रमणको चपेटा छ । एकातर्फ अतिक्रमण र बर्सेनि फागुन/चैतको डढेलोले वन सखाप पारिरहेको वनक्षेत्र नजिकका बासिन्दा बताउँछन् ।

“वनक्षेत्रका रुखदेखि जग्गासम्म तस्करमा आँखा छन्, वन क्षेत्र ओगट्ने कारबाहीमा परेका देखिँदैनन्”, बर्दिबास–३ का पाटुका बासिन्दा होमबहादुर  खड्का भन्छन्, “बर्सेनि डढेलोले वनक्षेत्र उजाड देखिएको छ ।” अतिक्रमणको चपेटा र बर्सेनिको डढेलोले वनक्षेत्र सखाप बन्दै गएको छ । 

फागुन मध्ययता पहिले परियोजनाका प्लटमा देखिने डढेलो दुई/तीन दिनयता राजमार्ग उत्तरको सामुदायिक वनक्षेत्रमा बाक्लै देखिन थालेको छ । वनमा डढेलो देखिएपछि बस्तीमा त्रास छाउने गौशाला–८ ढल्केवर बेलगाछीका सामाजिक/राजनीतिक कार्यकर्ता मीन रहपाल बताउँछन् । “बस्तीसँगै जोडिएको वनक्षेत्रमा आगोको मुस्लो देखिन्छ, डरले राति निदाउन सकिन्न”, रहपालले भने । 

यसपालि हिउँदे वर्षा नहुँदा वनक्षेत्रका पतिङ्गर (रुखबाट झरेका पात) खङ्रिएका हुँदा आगो चाँडै फैलने गरेको छ । दिनहुँको डढेलोले वनक्षेत्रका ससाना नयाँ बुटा डढेर कालो ठुटा बनेका छन् । अहिले बढी डढेलो परियोजना प्लटमा देखिए पनि राजमार्ग उत्तरको सामुदायिक वनक्षेत्रमा पनि दुई÷तीन दिनयता  डढेलो बाक्लै बढेको छ । सामान्यतया चैतमा बढी देखिने डढेलो यसपाली भने मध्य फागुनदेखि नै बढेको हो ।

जिल्लाको बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका सागरनाथ वन विकास परियोजनाको प्लटबाहेक राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन र धार्मिक वनक्षेत्र पनि डढेलोले उजाड बनाउँदै लगेको बर्दिबास–५ का वडाध्यक्ष कहारमान स्याङ्वाले बताए । 

“राजमार्ग दक्षिणबाट सल्केको डढेलो अब राजमार्ग उत्तरतिर पनि बढ्दै गएको छ”, स्याङ्वा भन्छन्, “डढेलो नियन्त्रणमा अब कडाइ जरुरी छ ।”  पूर्वपश्चिम राजमार्ग तल्तिर (दक्षिण) सागरनाथ वन विकास परियोजनाका प्लट छन् । माथितिर (उत्तर) राष्ट्रिय तथा सामुदायिक र धार्मिक वनको क्षेत्र बढी छ । अहिले तलतिर बढी डढेलो देखिएको छ ।

“धनुषा र महोत्तरीको साँध रातुपुलदेखि पश्चिम बाँकेपुलसम्मको महोत्तरीको करिब १८ किमी दुरीभित्रै पूर्वपश्चिम राजमार्गसँगै जोडिएर बर्दिबास र गौशाला नगरक्षेत्रका वनभित्रै चार वन सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन्, सशस्त्र वन सुरक्षा कार्यालय छ , यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट नै छन्,” वनक्षेत्रसँगै जोडिएको गौशाला–१० का विवेक कुशवाहा भन्छन्, “डढेलो लगाउने कहिल्यै समातिएनन् ।” 

डढेलो लगाएबापत कोही समातिने र कारबाहीमा पर्ने नदेखिएपछि डढेलो लगाउने बढेको कुशवाहाको भनाइ छ । खासमा वनसम्बद्ध कर्मचारीले जिम्मेवारी क्षेत्रलाई सेवाको काम नभएर जागिर बुझ्ने प्रवृति र वनसम्बद्ध समिति तथा  कार्यालयको उदासिनताले वन उजाड हुँदै गएको यहाँ आम टिप्पणी बढेको छ ।

वनमा डढेलो लगाए त्यसपछि पानी परेलगत्तै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका यस क्षेत्रका बुढापाकाको ठम्याइ छ । दिनहुँ गाईबस्तु डुलाउन वनक्षेत्र पुग्ने गोठालाले नै यस्तो गर्नेगरेका धेरैको बुझाइ छ । बर्सेनि फागुन लागेपछि डढेलो लगाउने क्रम बढ्ने थाहा भएर पनि वनसम्बद्ध कार्यालयले त्यसको नियन्त्रणमा पूर्वसजगता नअपनाएको यस भेगका बासिन्दाको गुनासो छ ।  

जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत अभिलेखमा २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाउँदै आएको छ । यद्यपि पछिल्ला दुई दशकयता बढेको राजनीतिक संरक्षित अतिक्रमणले वनक्षेत्र अब १६ हजार हेक्टरभित्र खुम्चेको वन अधिकारी नै स्वीकार गर्छन् । 

पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रूखविहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउँछन् । वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको  डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । 

वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोगबाट सम्भव हुने वन कर्मचारीको भनाइ छ । खासमा डढेलो वन वरिपरिकै पशुपालक परिवारका गोठालाबाट हुने भएको हुँदा यसको नियन्त्रणमा सर्वसाधारणको सहयोग अपरिहार्य बनेको डिभिजन वन कार्यालयका प्रमुख सन्तोस झा बताउँछन् । 

“वनमा डढेलो रूखहरुबीचको घर्षण र आगो सल्काएरै हुने हो, यहाँ धेरैजसो सल्काइएको आगोले नै नोक्सान गर्दै आएको छ”, झाले भने, “बर्सेनि डढेलो नियन्त्रणका लागि छलफल, प्रचारप्रसार गरिदैछ, यद्यपि यो नियन्त्रण हुन सकेको छैन ।” आगो सल्काएर हिँडेपछि अनुमानको आधारमा कसैलाई समात्ने न्यायोचित नहुने र यो मिनटभरमै गर्ने भएपछि यस्तालाई नियन्त्रणमा लिन कठिनाइ भएको झा स्वीकार गर्दछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: