Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बैतडी अग्रज पत्रकार थापा र वीरगन्जका पत्रकार खानको निधन

खबरडबली संवाददाता

काठमाडाैं   । नेपाल पत्रकार महासङ्घ बैतडी–दार्चुला शाखाका संस्थापक सदस्य एवं बैतडीका अग्रज पत्रकार जितसिंह थापाको निधन भएको छ । दशरथ चन्द नगरपालिका–८, त्रिपुरा घर भएका थापाको बुधवार साँझ ७३ वर्षको उमेरमा निधन भएको हो । 

नेपाल पत्रकार महासङ्घको बैतडी–दार्चुला शाखाको २०५९ सालमा संस्थापक सदस्य भएर थापाले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको वरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताए । दुर्गममा पत्रकारिताको जग बसाल्न थापाको महत्त्वपूर्ण योगदान रहेको पाण्डेयको भनाइ छ ।

भारतीय सेनाबाट सेवा निवृत्त भएपछि थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा लागेका थिए  । उनी भारतीय पत्रिका अमर उजाला लगायतका सञ्चार माध्यममा रिपोर्टिङ गर्दथे । 

२०४८ सालको निर्वाचनपछि थापा बैतडी जिल्लाको तत्कालीन इलाका नम्बर ६ बाट जिल्ला विकास समिति सदस्यमा समेत निर्वाचित भएक थिए  । पछिल्लो समयमा विभिन्न रोगबाट पीडित थापाको बुधवार साँझ आफ्नै निवासमा निधन भएको हो । 

यसैगरी वीरगन्जका पत्रकार नेहाल खानको पनि भएको छ । नेपाल टेलिभिजनका पर्सा संवाददाता रहेका खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको हो।

गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। झण्डै दुई दशकभन्दा बढी समय देखि वीरगन्जमा सकृय पत्रकारिता गर्दै आएका ५२ वर्षीय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन् । कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान त्यस बेला नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका थिए । तर, त्यसबेला कोभिड नेगेटिभ भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको भएको थिएन।

करिब १० महिनापहिले फेरि छाती र फोक्सोको समस्या बल्झिएपछि नारायणी अस्पतालमा उनि भर्ना भएका थिए । नारायणी अस्पतालमा करिब दुई महिनाकाे उपचारपछि उनी घरमै चिकित्सककाे रेखदेखमा अक्सिजन लिएर उपचार गराई रहेका थिए। खानकी पत्नि अजमा खातुनपनि क्यान्सर राेगबाट ग्रसित भई उपचाररत छिन् । भरतपुर क्यान्सर अस्पतालमा उनकाे पनि करिब ६ महिनादेखि उपचार चलिरहेकाे छ । खानका दुई छाेरी र दुई छाेरा छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...

आजको मौसम पूर्वानुमानः एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रह...

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy