Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भारतले एआई पूर्वाधार स्टार्टअपमा एक अर्ब २० करोड डलर लगानी गर्ने

खबरडबली संवाददाता

एजेन्सी । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले कृत्रिम बौद्धिकता (एआई) परियोजनाहरूको एउटा विस्तृत शृङ्खलामा एक अर्ब २० करोड डलर लगानी गर्ने भएको छ । 

कम्प्युटिङक पूर्वाधार स्थापना गर्न र एआई स्टार्टअपमा लगानीमा सहयोग गर्न उक्त धनराशि प्रयोग गरिने सूचना प्रविधि मन्त्रालयको विज्ञप्तिमा बिहीबार राति जनाइएको छ । 

कनिष्ठमन्त्री राजीव चन्द्रशेखरले भने, “लगानीले भारतको एआई इकोसिस्टम प्रणालीलाई उत्प्रेरित गर्नेछ र यसलाई भारत तथा विश्वका लागि एआईको भविष्यको आकार दिने शक्तिका रूपमा स्थापित गर्नेछ ।”

स्थानीय सूचना प्रविधि उद्योग निकाय न्यासकमको विद्यमान पूर्वानुमानअनुसार भारतको उदीयमान एआई बजार सन् २०२७ सम्ममा १७ अर्ब डलरको हुनेछ । उक्त आँकडाले एआई सफ्टवेयरका लागि वैश्विक बजारको एउटा सानो अंश देखाउँछ । यसका बारेमा अमेरिकी शोध फर्म गार्टनरले सन् २०२७ सम्ममा एआई बजार दुई खर्ब ९७ अर्ब डलरसम्म पुग्नसक्ने बताएको छ ।

भारतले सन् १९९० को दशकमा विश्वव्यापी आउटसोर्सिङ बुमबाट निर्मित विशाल सफ्टवेयर सेवा उद्योगको दाबी गर्दछ र एआई सफ्टवेयरले अवसर र खतरा दुवैको प्रतिनिधित्व गर्दछ । परम्परागत कल सेन्टर वा कोडिङ भूमिकामा काम गर्ने इन्जिनियरिङ स्नातकहरूले एआई मोडेलबाट आफ्नो नोकरीलाई खतराका रूपमा देख्न सक्छन् । 

ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले गत वर्ष नयाँदिल्लीमा श्रोताहरूलाई भारतीय उद्यमी तथा कम्पनीहरूले महत्त्वपूर्ण वित्तीय सहयोगबिना एआई उत्पादन बनाउनका लागि सङ्घर्ष गर्नुपर्ने बताएका थिए । 

भारतको सार्वजनिक तथा निजी क्षेत्रहरूले एआई एप्लिकेसन बनाउन सुरुआती प्रयास गरेका छन् । बजार पूँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनी अर्बपति टाइकुन मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज र मुलुकका शीर्ष विश्वविद्यालयहरूबीचको साझेदारीले यसै महिना च्याटजिपिटी–स्टाइल च्याटबट एप्लिकेसन सुरु हुने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending