Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

भारतले एआई पूर्वाधार स्टार्टअपमा एक अर्ब २० करोड डलर लगानी गर्ने

खबरडबली संवाददाता

एजेन्सी । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले कृत्रिम बौद्धिकता (एआई) परियोजनाहरूको एउटा विस्तृत शृङ्खलामा एक अर्ब २० करोड डलर लगानी गर्ने भएको छ । 

कम्प्युटिङक पूर्वाधार स्थापना गर्न र एआई स्टार्टअपमा लगानीमा सहयोग गर्न उक्त धनराशि प्रयोग गरिने सूचना प्रविधि मन्त्रालयको विज्ञप्तिमा बिहीबार राति जनाइएको छ । 

कनिष्ठमन्त्री राजीव चन्द्रशेखरले भने, “लगानीले भारतको एआई इकोसिस्टम प्रणालीलाई उत्प्रेरित गर्नेछ र यसलाई भारत तथा विश्वका लागि एआईको भविष्यको आकार दिने शक्तिका रूपमा स्थापित गर्नेछ ।”

स्थानीय सूचना प्रविधि उद्योग निकाय न्यासकमको विद्यमान पूर्वानुमानअनुसार भारतको उदीयमान एआई बजार सन् २०२७ सम्ममा १७ अर्ब डलरको हुनेछ । उक्त आँकडाले एआई सफ्टवेयरका लागि वैश्विक बजारको एउटा सानो अंश देखाउँछ । यसका बारेमा अमेरिकी शोध फर्म गार्टनरले सन् २०२७ सम्ममा एआई बजार दुई खर्ब ९७ अर्ब डलरसम्म पुग्नसक्ने बताएको छ ।

भारतले सन् १९९० को दशकमा विश्वव्यापी आउटसोर्सिङ बुमबाट निर्मित विशाल सफ्टवेयर सेवा उद्योगको दाबी गर्दछ र एआई सफ्टवेयरले अवसर र खतरा दुवैको प्रतिनिधित्व गर्दछ । परम्परागत कल सेन्टर वा कोडिङ भूमिकामा काम गर्ने इन्जिनियरिङ स्नातकहरूले एआई मोडेलबाट आफ्नो नोकरीलाई खतराका रूपमा देख्न सक्छन् । 

ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले गत वर्ष नयाँदिल्लीमा श्रोताहरूलाई भारतीय उद्यमी तथा कम्पनीहरूले महत्त्वपूर्ण वित्तीय सहयोगबिना एआई उत्पादन बनाउनका लागि सङ्घर्ष गर्नुपर्ने बताएका थिए । 

भारतको सार्वजनिक तथा निजी क्षेत्रहरूले एआई एप्लिकेसन बनाउन सुरुआती प्रयास गरेका छन् । बजार पूँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनी अर्बपति टाइकुन मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज र मुलुकका शीर्ष विश्वविद्यालयहरूबीचको साझेदारीले यसै महिना च्याटजिपिटी–स्टाइल च्याटबट एप्लिकेसन सुरु हुने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE