Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

फइल तस्विर
खबरडबली संवाददाता

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव आफूले अस्वीकार गरेको बताएका छन् । आइतबार सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले आफूहरू सत्ता समीकरण फेरबदलको खेलमा नरहेको स्पष्ट पारे ।

प्रचण्डका अनुसार नेपाली कांग्रेस र एमाले दुवैबाट विभिन्न प्रदेशमा सहकार्य गरेर सरकार बनाउन प्रस्ताव आएको थियो । तर त्यसले जनतामा फेरि भ्रम सिर्जना गर्ने र अन्य शक्तिलाई फाइदा पुग्ने निष्कर्षसहित आफूले संयोजकको हैसियतमा प्रस्ताव अस्वीकार गरेको उनले बताए ।

उनले नेकपा अहिले कांग्रेस वा एमालेलाई हटाएर सरकारमा जाने रणनीतिमा नरहेको दाबी गरे । बरु प्रदेशमा नयाँ राजनीतिक अभ्यास गर्न सबै दल मिलेर सर्वदलीय सरकार बनाउन सकिने धारणा उनले राखे । “कांग्रेस–एमाले मिलेर सरकार चलाउन चाहन्छन् भने चलाऊन्, हामीलाई सत्ता चाहिएको छैन,” उनले भने ।

सुर्खेतमा कांग्रेस नेता पुर्ण बहादुर खड्कासँग भएको भेटबारे बोल्दै प्रचण्डले त्यो सामान्य भेट मात्रै भएको जिकिर गरे । सरकारमाथि आक्रामक रूपमा प्रस्तुत भएका उनले अध्यादेशको राजनीतिलाई लोकतन्त्रमाथिको ठट्टा भएको टिप्पणी गरे । संसद आफैँ बोलाएर भोलिपल्ट रोक्दै अध्यादेश ल्याउनु लोकतान्त्रिक अभ्यासकै उपहास भएको उनको आरोप थियो ।

उनले अहिलेको दुईतिहाइ सरकार अध्यादेशबाट चल्न खोज्नु “लाजमर्दो अवस्था” भएको बताए । सुकुम्बासी समस्या, ट्रेड युनियनका मुद्दा र संविधान संशोधनजस्ता विषय अझै थाँती रहेको भन्दै सरकार जनअपेक्षाअनुसार अघि बढ्न नसकेको उनको भनाइ थियो ।

प्रचण्डले सरकारका गलत कदमविरुद्ध सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिँदै अहिले लोकतन्त्र र व्यवस्थामाथि नै खतरा देखिन थालेको दाबी गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending