Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

भैरहवामा भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन

खबरडबली संवाददाता

भैरहवा । भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ मा सहभागीहरुले नेपाली बस्तुको निर्यातमा भारतमा  विभिन्न समस्या र अड्चनहरु सिर्जना हुने गरेको बताएका छन् । नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा भारतको भए पनि यहाँ उत्पादित बस्तु भारतमा निर्यात गर्दा उद्योगी व्यवसायीले समस्या व्योहोर्नु परेको बताए । 

भैरहवामा भएको तेस्रो भारत–नेपाल आर्थिक साझेदारी शिखरमा बोल्दै सहभागीले दुईपक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले महत्वपूर्ण भूमिका खेल्दै आउने समस्याको समाधान गर्नुपर्ने बताए ।

पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको आयोजना नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको संयोजन तथा नेपाल एसबीआई बैंकको सहकार्यमा भएको सम्मेलनमा बोल्दै नेपाल एसविआई बैंकका सल्लाहकार अनुकुल भटनाकरले दुई देशबीच धेरै वर्ष अगाडिबाट व्यपार भइरहेको बताउँदै यहाँ धेरै सम्भावना रहेको जनाए ।

पछिल्लो ५ वर्षमा कनेक्टीभिटीमा ठूलो परिवर्तन आएको उनले बताए । नेपालको प्रवेश विन्दुको रुपमा रहेको भैरहवा नाकाबाट सम्बन्ध सुमधुर बनाई दुवै देशको आर्थिक उन्नति हुने उनले बताए ।

नेपालका लागि पूर्वभारतीय राजदुत मनजीव सिंह पुरीले भारतको आर्थिक विकास तीव्र रुपले अघि बढाई धेरै परिवर्तन ल्याउनुमा निजि क्षेत्रको ठूलो भुमिका रहेको बताउँदै नेपाली निजी क्षेत्रले पनि भूमिका खेल्नु पर्ने बताए । रोटीवेटीको पुरानो सम्बन्ध जस्तै दुवै देशका निजी क्षेत्रसँगै बसेर छलफलबाट काम गरे नतिजा राम्रो हुने र दुवै देशका नागरिक विकसित हुने उनको भनाइ थियो ।

सीमामा दुवै देशको व्यापार सहजीकरणका लागि भएको समस्या समाधानका लागि पहल गर्ने उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE