Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भारत लैजाँदै गरेको युवतीको उद्धार, तीन जना पक्राउ

खबरडबली संवाददाता

नेपालगन्ज । भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ ।

मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँके मातहतका निकायले ललाइफकाइ भारत लैजान थालिएकी एक १८ वर्षीया युवतीको उद्धार गरेर तीन जना दलाललाई नियन्त्रणमा लिन सफल भएको छ ।

नेपाली र भारतीय दलालको एउटा समूहले ललाइफकाइ गरी भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले बाग्लुङ्गकी १८ वर्षीया एक युवतीको उद्धार गरेको हो ।

बाँकेको डुडुवा गाउँपालिका–१ खडैचास्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ओमप्रकाश ढकालको नेतृत्वमा गएको मोबाइल चेकपोष्ट र पिआरसीको संयुक्त टोलीले ती युवतीलाई उद्धार गर्नुका साथै भारत लैजाने कार्यमा संलग्न तीन जना दलाललाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाका टुकबहादुर खत्री, भारत श्रावस्ती बस्ने चन्द्रा ओली र सोही ठाउँ बस्ने राम सुरेश रहेका छन् । उनीहरूले मोटरसाइकलमा हालेर ती युवतीलाई भारत लैजान लागेको अवस्थामा युवतीको उद्धार गरिएको हो ।

उद्धार गरिएकी युवतीलाई सेल्टरमा राख्नुका साथै भारत लैजाने कार्यमा संलग्नहरूलाई थप कानुनी कारबाही गर्न प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताए ।

उनले मानवबेचबिखन जस्ता आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरी चनाखो रहेको जनाउँदै यस्ता गतिविधि सिमानामा कुनै पनि हालतमा हुन नदिन प्रहरीले निगरानी बढाउँदै लगेको बताए ।

यहाँस्थित नेपाल भारत मुख्य नाका जमुनाहा नाकामा प्रहरी र विभिन्न सङ्घसंस्थाले मानवबेचबिखन विरुद्ध कडाइ गर्नुका साथै निगरानी बढाउँदै गएपछि साइड नाकाहरूबाट युवतीलाई भारत छिराउने गरिएको सूचना आइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending