कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएका छन् ।
बुधबार महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको टनकपुर मूल नहरको स्थलगत निरीक्षण गर्न कञ्चनपुर पुगेका मन्त्री घिसिङलाई उद्योग वाणिज्य सङ्घले विभिन्न मागहरू राख्दै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले हाल विद्युत् प्राधिकरणले लिँदै आएको उद्योगहरूको डिमान्ड शुल्क धेरै भएकाले सो लाई घटाउन सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गरे।
विद्युत् महसुलमा तोकिएको ७ दिनभित्र महसुल नबुझाए धेरै पेनल्टी बाँकी रहने हुँदा सो लाई घटाउनुपर्ने, या ७ दिनको समयावधिलाई एक महिनासम्म तिर्नुपर्ने व्यवस्था लागु गरिनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । जसले गर्दा यहाँका २० प्रतिशत उद्योगीहरू पलायन भएको बताउदै अध्यक्ष जोशीले उद्योगमैत्री नीति लागु गर्न मन्त्री घिसिङलाई आग्रह गरे।
यसैगरी, मजगाउँ विमान स्थल शीघ्र सञ्चालनमा ल्याइनु पर्ने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम शीघ्र सञ्चालन गरिनु पर्ने, भम्केनीधाममा निर्माणाधीन नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माण कार्यका लागि आवश्यक आर्थिक सहायता प्रदान गर्न सरकार सँग अनुरोध गरिएको छ ।
साथै, सीमा नाकामा भारतीय एसएसबीले चेकजाँचका नाममा उद्योगीहरूलाई दु:ख दिने कार्य गर्दे आएकाले नेपाल सरकार मार्फत भारतीय सरकारलाई नाका २४ औँ घण्टा खुला गर्नका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै घिसिङले व्यवसायीहरूको समस्यालाई मध्यनजर गर्दे यस क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता जनाए । मन्त्री घिसिङले सुदूरपश्चिममा विद्युतीय समस्या समाधान गर्नका लागि झन्डै ४ अर्बको नयाँ प्रोजेक्ट निर्माण कार्य छिट्टै अगाडि बढाइने बताउनुभयो । साथै, आसन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएर आए सुदूरपश्चिमका समग्र विकासका आयोजना अगाडि बढाइने मन्त्री घिसिङले प्रतिबद्धता जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:०१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...




प्रतिकृया लेख्नुहोस्: