Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

खाली ट्रकको नाममा तस्करी, भन्सार प्रमुख नहुदा समातियो बहुराष्ट्रिय कम्पनीको सामान

खबरडबली संवाददाता

भैरहवा । भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट बरामद भएको हो । भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरि लैजादै गरेको अवस्थामा कागजपत्र नभएको ट्रक सहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए ।

“कागजपत्रविना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका ९भन्सार गेट०बाट नियन्त्रणमा लिइएका छौ । कार्यालयले अनुसन्धान गरिरहेको छ, हामीले भारतीय कस्टमसँग समन्वय गरेर चालक र सहचालक खोज्ने प्रयासमा छौ ।“, आफू काठमाडौं भएकोले आएर मात्रै पुर्ण विवरण दिने उनले भने । उनका अनुसार ट्रकमा भएको सबै सामानको एकिन भएको छैन ।

प्रारम्भिक अनुसन्धानबाट उक्त ट्रकमा डाबरको रेड टुथपेस्ट, क्लोसअप टुथपेस्ट र पोन्डसको पाउडर लगायतको बस्तु रहेको पाएका छौ । नेपालबाट बाहिरीने क्रममा भन्सार अगाडिको कर्मचारीले त्यो गाडी चेकजाँचका लागि भनेका थिए । चालकले आनाकानी गर्दा  इलाका प्रहरी कार्यालयको सहयोगमा गाडी चेकजाँचका लागि चालकलाई ढाला खोल्न भन्दा चालक र सहचालक फरार भएको थिए ।

स्रोतका अनुसार त्यो गाडी नेपालगंज नाकाबाट नेपाल भित्रीएको थियो, गाडीको स्वरुप नै उचाई ढालाको रहेकोले ढाला भन्दा केही तल सम्म मात्रै उक्त सामान मिलाएर त्रिपालले ढाकिएको अवस्थामा राखिएको थियो । 

भन्सार कार्यालयले यस अघ पुष ६ गते पनि यसै अनुरुपको भारत जान लागेको ट्रकबाट ३ सय ५८ कार्टुन क्लोज अफ टुथपेस्टबरामद गरेको थियो । बरामद समानहरु बहुराष्ट्रिय कम्पनिका नेपालका लागि उत्पादन भएको सामान हो । भारतले यि बस्तुको आयातमा प्रतिबन्ध लगाएको खाली ट्रक चेकजाँच हुदैन भन्ने नाममा नेपालबाट अवैध रुपमा भित्रिने गरेको रहस्य खुलेको छ ।

यस अघिको र अहिले दुवै घटनामा भन्सार प्रमुख बाहिर हुदा यो रहस्य बाहिरीएको छ । चेकजाँचमा खटिएको सोही कर्मचारीले नै यस अघिको ट्रक पनि रोकेर चेकजाँच गरेका थिए । बहुराष्ट्रिय कम्पनिका नेपालका लागि आएको उत्पादनहरु ठूलो मात्रामा केही समय पहिला बेलहिया–गोरखपुर सडकखण्डको कोल्हुईमा पनि बरामद भएको थियो ।  

सिमा क्षेत्रबाट नेपालका लागि उत्पादित बहुराष्ट्रिय कम्पनिका उत्पादनहरु अवैध तरिकाले भारत जाने गरेतापनि भन्सार कार्यालय अगाडिबाटै अहिले सम्मकै ठूलो मात्रामा सामान बरामद भएको हो । कसले कहाँ को मार्फत पठाईरहेको थियो भन्ने खुल्न सकेको छैन ।

ट्रकको अगाडि मात्रै एउटा नम्बर प्लेट रहेको छ भने पछाडि कुनै नम्बर प्लेट नरहेकोले ट्रक पनि संकास्पद देखिएको छ । अन्नपूर्ण टर्मिनल्सले यो नम्बरको गाडी यस नाकाबाट प्रवेश नै नगरेको जानकारी दिएको छ । गाडी अन्यत्रबाट आएर भारत जान लागेको हुन सक्ने टर्मिनलले जानकारी दिएको छ ।

भैरहवामा रहेको डिलरले पछिल्लो समय ठूलो मात्रामा कसैलाई सामान विक्री नगरेको दाबी गरेका छन । बरामद सामान ठुलो मात्रामा रहेको र यस क्षेत्रबाट नभई सिमावर्ती जिल्लाका डिलर मार्फत आएको हुनु पर्ने दाबी गरे । चुस्त सुरक्षाको वावजुद पनि ठूलो मात्रामा मुख्य नाकाबाट तस्करी गराउनु विना सेटिङ सम्भव छैन । सुरक्षा निकाय, भन्सार ,निर्यातकर्ता र आयातकर्ताको संलग्नतामा मात्रै कसैले आट गर्न सक्छ ।

चालक र परिचालक फरार नेपालबाट भएपनि सिमामा एसएसबीले कुनै पनि नागरिकलाई परिचय पत्र चेकजाँच नगरी जानपनि दिदैन । भन्सार र सुरक्षा संयन्त्रको उपस्थितीले चासो नदिएको कारणपनि सम्बन्धित व्यक्ति सहजै फरार भएको देखिन्छ ।

भन्सार मुद्धा शाखाले अहिले सम्म कसैले पनि सामान मेरो हो भन्ने दाबी कसैको नआएको बताए । कानगजपत्र पनि नरहेको यस्तो घटना यस अघिभएको थियो । त्यो पनि कसैले दाबी नगरेको कारण लिलाम पक्रियामा गएको थियो ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

नेता हादीको निधनपछि ढाकामा तनाव बढ्दो

ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडि...

रवि लामिछाने काठमाडौँबाट भरतपुर उडे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपामा, समानुपातिक उम्मेदवार बन्ने तयारी

काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...

सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक भत्ता प्रदान गर्ने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...

मौसम नखुलेपछि रवि लामिछाने भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेको छन् । राष्ट्रपति भवन शीतल निव...

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएको छन् । ‘भविष्यका लागि बाँसको आवास...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending