काठमाडौं । फ्रान्सको पेरिसमा आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म हुने ग्रीष्मकालीन ओलिम्पक तथा अगष्ट २८ मा आयोजना गरिने पारालिम्पिक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका दुई टोली चीन जाने भएका छन् । छनोट प्रतियोगिता आगामी चैत २ देखि ४ गतेसम्म चीनको ताइयाङमा हुँदैछ ।
पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला समूहमा ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रत्येक तौल समूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् ।
उक्त छनोट खेल भने चैत २ र ३ गते हुनेछ । त्यसका लागि टोली भोलि चीन प्रस्थान गर्दैछ । त्यसैगरी, पेरिस पारालिम्पिक छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेसा गोवद्र्धनले नेपालको प्रतिनिधित्व गर्दैछन् ।
पलेसा चौथो एसियाली पारा खेलकुदकी कास्य पदक विजेता हुन् । उक्त खेल चैत ४ गते हुनेछ । प्रतियोगितामा सहभागी हुने उक्त टोली भने चैत १ गते चीन प्रस्थान गर्नेछ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकमा छनोट हुने प्रावधान छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे । “छनोट प्रतियोगिता तपाईंहरुका लागि चुनौतीसँगै इतिहास दोहोर्याउने अवसर पनि हो । नेपाली ओलम्पिकको इतिहासमा अहिलेसम्म तेक्वान्दोबाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेलेको इतिहास छैन । सङ्गीना वैद्य र दीपक विष्टले त्यो उपलब्धि हासिल गरेका छन् । उनिहरुपछि तपाईंहरुलाई इतिहास रच्ने मौका छ,” सदस्य–सचिव घिसिङले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - २०:५५
एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...
आश्विन ३ गते, २०८१ - २०:३४
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...
आश्विन ३ गते, २०८१ - २०:१९
बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...
आश्विन ३ गते, २०८१ - १९:५३
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया ...
आश्विन ३ गते, २०८१ - १९:४९
मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...
आश्विन ३ गते, २०८१ - १९:४२
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...
आश्विन ३ गते, २०८१ - १९:३७
काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...
आश्विन ३ गते, २०८१ - १९:३५
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...
आश्विन ३ गते, २०८१ - १९:३१
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...
आश्विन ३ गते, २०८१ - १९:२६
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेसको...
प्रतिकृया लेख्नुहोस्: