काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्डीलगायत तरकारीको मूल्य तुलनात्मक रूपमा सस्तो रहेको छ भने च्याउ, कुरीलो र केही फलफूलको मूल्य उच्च देखिएको छ।
समितिका अनुसार सानो (लोकल) गोलभेँडा प्रतिकिलो ८ रुपैयाँ, ठूलो (नेपाली) गोलभेँडा ३५ रुपैयाँ, रातो आलु (लाम्चो) ३५ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५२ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
तरकारीतर्फ स्थानीय गाँजर ९० रुपैयाँ, बन्दा ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला २५ रुपैयाँ, लाम्चो भन्टा १० रुपैयाँ र डल्लो भन्टा २५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्तै मटरकोशा १२० रुपैयाँ, घिउ सिमी (लोकल/हाइब्रिड) ५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, तीते करेला २० रुपैयाँ, लौका ३० रुपैयाँ, परवर ३० रुपैयाँ र घिरौला ३० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फर्सी (पाकेको) ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ४० रुपैयाँ, डल्लो फर्सी २० रुपैयाँ, भिण्डी २० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र स्कुस ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
सागपाततर्फ रायो साग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ र चमसुरको साग ५० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउमध्ये कन्ये च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। कुरीलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ २८० रुपैयाँ, नेपाली केरा २०० रुपैयाँ प्रतिकिलो, मालभोग केरा प्रतिदर्जन १८० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालदह आँप ८० रुपैयाँ, दसहरी आँप ९० रुपैयाँ, हरियो तरबुजा ५० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, स्थानीय लिची १८० रुपैयाँ र भारतीय लिची २८० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: