काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने निश्चित भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको हो ।
दाहाल ०७८ मा राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन् । राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी पनि आकांक्षी रहेका थिए । दाहालले आफूलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने भन्दै माओवादी केन्द्रका सबै पदाधिकारीहरूसँग लबिङ गरेका थिए। दाहाल प्रधानमन्त्री प्रचण्डका नजिकका भाइ समेत भएका कारण अन्ततः उनकोे पक्षमा निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।
यसअघि बसेको स्थायी कमिटी बैठकले दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णय गरेको थियो । तर, उपमहासचिव जनार्दन शर्माले विरोध गरेपछि त्यो निर्णय सार्वजनिक नै भएन । तर आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यो भन्दा अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय सभा अध्यक्षमा उनलाई उम्मेदवार बनाउने निर्णय गरे ।अहिलेको गठबन्धनको समीकरण अनुसार दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित जस्तै छ ।
माओवादीमा दाहालको पक्षमा अध्यक्ष प्रचण्डमात्रै थिए भने उपमहासचिव वर्षमान पुन लगायत नेताहरूको समर्थन झक्कु सुवेदीलाई थियो । रोल्पाका सुवेदी गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएका हुन् । शनिबार बसेको माओवादीको संसदीय दलको बैठकमा पनि अधिकांश सांसदहरूले ६ वर्ष कार्यकाल भएका सांसदलाई नै राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने मत राखेका थिए ।
छ वर्ष कार्यकाल रहेका सांसदको पक्षमा नेताहरुको एकमत रहेका भएपनि निर्णय भने चार वर्षमात्रै कार्यकाल रहेका दाहालको पक्षमा एको माओवादीका एक पदाधिकारीले बताए । माओवादीले दाहाललाई उम्मेदवार उठाएसँगै गठबन्धनबाट उपाध्यक्षमा एमालेले महिला उम्मेदवार उठाउनुपर्नेछ । गत सोमबार सत्ता गठबन्धनका चार दलबीच भएको आठ बुँदे सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने उल्लेख छ । यो सहमति कार्यान्वयन भए अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिनुपर्नेछ । उर्मिला २०७९ साल माघमा राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उठाउने निर्णय गरेको छ। राष्ट्रिय सभाको निर्वाचन आउँदो फागुन २९ गते हुँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: