Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

युद्धविराम नहुने सङ्केतबीच गाजामा प्यालेस्टिनीहरूको रमजान सुरु

खबरडबली संवाददाता

एजेन्सी । प्यालेस्टिनीहरूले सोमबार रमजानका लागि उपवास सुरु गरेका छन् । युद्धविराम वार्ता रोकिएको, गाजा क्षेत्रमा भोकमरीले स्थिति बिग्रँदै गएको तथा इजरायल र हमासबीच पाँच महिनादेखि जारी युद्धको कुनै अन्त्य नदेखिएको अवस्थामा मुसलमानहरूको पवित्र महिना रमजान सुरु भएको छ । 

आइतबार राति ध्वस्त भवनहरूको भग्नावशेषबीच बाहिर प्रार्थना गरिएको थियो । केही मानिसले खचाखच भरिएको पाल शिविरलाई बत्तीसहित सजाएका छन् । आश्रयस्थमा परिवर्तन भएको संयुक्त राष्ट्र–विद्यालयको एक भिडियोमा बालबालिकाहरू नाच्दै फोम छर्किरहेको देखाइएको थियो भने एकजना मानिसले लाउडस्पिकरमा गाइरहेका थिए । 

यद्यपि पाँच महिनाको युद्धपछि खुशीयाली मनाउनका लागि केही पनि थिएन । युद्धमा ३० हजारभन्दा धेरै प्यालेस्टिनी मारिएका छन् भने गाजाका अधिकांश हिस्सा तहसनहस भएको छ । परिवारले सामान्यतया बिदाको भोजका साथ दैनिक उपवास तोड्छन् तर भोजन उपलब्ध भएका स्थानमा डिब्बाबन्द सामानबाहेक केही पनि छैन र धेरै मानिसका लागि ती सामानको मूल्य धेरै महँगो भएको छ । 

दक्षिणी सहर रफामा आइतबार खाना किन्दै गरेका सबा अल–हेन्डीले भने, “तपाईं कसैको आँखामा खुशी देख्नुहुन्न, प्रत्येक परिवार दुःखी छ र हरेक परिवारमा एक जना शहीद छन् ।”

अमेरिका, कतार र इजिप्टले सामान्यतया रमाइलोसँग बिहानदेखि साँझसम्म उपवास बस्ने महिनाअघि युद्धविराम हुने आशा गरेका थिए । दर्जनौँ इजराइली बन्धक र प्यालेस्टिनी बन्दीहरूको रिहाइ तथा गाजामा ठूलो सङ्ख्यामा मानवीय सहायता प्रवेशलाई लिएर युद्धविराम वार्ता सुरु भए पनि गत साता वार्ता रोकियो ।

हमासले कुनै पनि सम्झौताले युद्धको अन्त्य गर्ने प्रत्याभूति मागिरहेको छ तर इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ र बाँकी सबै बन्धकको रिहाइ नभएसम्म आक्रमण जारी राख्ने वाचा गरेका छन् । 

अक्टोबर ७ मा हमासको नेतृत्वमा इजराइलमाथि आक्रमण भएपछि युद्ध सुरु भएको हो । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो । गत वर्ष भएको आदानप्रदानपछि हमाससँग अहिले पनि करिब एक सय बन्दी र ३० जना बाँकी रहेको बताइएको छ । 

युद्धले गाजाका २३ लाख जनसङ्ख्यामध्ये करिब ८० प्रतिशतलाई आफ्नो घरबाट विस्थापित गरेको छ भने लाखौँ मानिसलाई भोकमरीमा धकेलेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार उत्तरी गाजामा कुपोषण र निर्जलीकरण (पानीको अभाव) ले अधिकांश बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको छ ।

इजराइली सेनाले अक्टोबरपछि ठूलो मात्रामा उत्तरमा सिल गरेको छ । सहायता समूहहरूका अनुसार इजराइली प्रतिबन्ध, जारी शत्रुता र कानून तथा व्यवस्था भङ्ग हुँदा अधिकांश क्षेत्रमा अत्यावश्यक खाद्यान्न सुरक्षितरूपमा पुर्याउन करिब असम्भव भएको छ । 

यस बीचमा इजराइलले दक्षिणी सहर रफासम्म आफ्नो आक्रमणलाई विस्तार गर्ने वाचा गरेको छ । आक्रमणबाट बच्न सर्वसाधारणहरू कहाँ जान्छन् भन्नेबारेमा कुनै कुरा नगरी रफामा गाजाको आधा जनसङ्ख्याले शरण मागेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रफामा आक्रमण आफ्ना लागि ‘रातो रेखा’ हुने बताए । यद्यपि उनले अमेरिकाले इजराइललाई सैन्य सहायता प्रदान जारी राख्ने बताए । बाइडेनले रमजानका अवसरमा दिएकाे सन्देमा पवित्र महिना ‘अत्यधिक पीडाको क्षणमा’ आउँछ भनेका छन् । 

“आगामी दिन र साताहरूमा मुस्लिमहरू आफ्नो उपवास तोड्नका लागि विश्वभर एकत्रित हुँदा प्यालेस्टिनी जनताको पीडा धेरै मानिसको दिमागमा हुनेछ, यो मेरो दिमागको अगाडि छ”, उनले भने । 

अमेरिका र अन्य मुलुकले हालैका दिनमा हवाई सहायता पठाउन सुरु गरेका छन् तर मानवीय समूहहरूले यस्तो प्रयास महँगो र अपर्याप्त भएको बताएका छन् । अमेरिकी सेनाले सहायता पुर्याउनका लागि सामुद्रिक पुल बनाउन उपकरणको ढुवानी पनि सुरु गरिसकेको छ तर यो सञ्चालनमा आउन धेरै साता लाग्ने सम्भावना छ । 

दुई सय टन खाद्यान्न लिएर स्पेनी सहायता समूह ओपन आर्म्ससँग सम्बन्धित एक जहाजले नजिकैको साइप्रसबाट गाजाका लागि पाइलट यात्रा गर्ने अपेक्षा गरिएको थियो तर कहिले प्रस्थान हुनेछ भन्ने स्पष्ट छैन । इजराइलले सामुद्रिक डेलिभरीको स्वागत गर्ने र साइप्रस छाड्नुअघि गाजा जाने कार्गोको निरीक्षण गर्ने जनाएको छ । 

साइप्रसमा जहाजलाई गाजाको कुनै अज्ञात स्थलमा पुर्याउन दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको छ । सेलिब्रिटी सेफ जोस एन्ड्रेसले स्थापना गरेकाे अमेरिकी च्यारिटी वर्ल्ड सेन्ट्रल किचेनले खाना आपूर्ति गर्नेछ । उक्त संस्थाले गाजामा एउटा घाटको निर्माण आइतबारदेखि सुरु भएको बताएको छ । गाजा पुगेपछि सहायतालाई क्रेनबाट उतारेर ट्रकहरूमा राखिनेछ र उत्तरतिर लगिनेछ । 

अमेरिकाले इजराइललाई महत्त्वपूर्ण सैन्य सहायता प्रदान गरेको छ र उसलाई युद्धविरामका लागि अन्तर्राष्ट्रिय आह्वानबाट बचाएको छ । साथै अमेरिकाले इजराइललाई नागरिकहरूलाई हानि पुर्याउनबाट बच्न र मानवीय सहायताको सुविधाका लागि थप प्रयास गर्न आग्रह गरेको छ । 

गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार युद्ध सुरु भएपछि अहिलेसम्म कम्तीमा ३१ हजार एक सय १२ प्यालेस्टिनी मारिएको जनाएको छ । मन्त्रालयले आफ्नो गणनामा सर्वसाधारण र लडाकूबीच कुनै भिन्नता गरेको छैन तर मृतकमध्ये दुई तिहाई महिला र बालबालिका रहेको बताएको छ । 

विद्रोहीहरूले घर, विद्यालय र मस्जिदहरू नजिकैका बाक्लो, आवासीय क्षेत्रमा लडाइँ, लडाकूहरू, सुरुङ र रकेट लन्चर राखेकाले इजराइलले सर्वसाधारणको मृत्युका लागि हमासलाई दोष दिएको छ । सेनाले कुनै प्रमाण पेस नगरी १३ हजार हमास लडाकू मारेको बताएको छ ।

शनिबार एमएसएनबिसीसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले इजराइललाई अक्टोबर ७ को आक्रमणको जवाफ दिने अधिकार भएको तर नेतान्याहुले ‘निर्दोष मानिसको ज्यान जाने कुरामा बढी ध्यान दिनुपर्ने’ बताए । “तपाईंले ३० हजारभन्दा बढी प्यालेस्टिनीलाई मार्न सक्नुहुन्न”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE