Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

युद्धविराम नहुने सङ्केतबीच गाजामा प्यालेस्टिनीहरूको रमजान सुरु

खबरडबली संवाददाता

एजेन्सी । प्यालेस्टिनीहरूले सोमबार रमजानका लागि उपवास सुरु गरेका छन् । युद्धविराम वार्ता रोकिएको, गाजा क्षेत्रमा भोकमरीले स्थिति बिग्रँदै गएको तथा इजरायल र हमासबीच पाँच महिनादेखि जारी युद्धको कुनै अन्त्य नदेखिएको अवस्थामा मुसलमानहरूको पवित्र महिना रमजान सुरु भएको छ । 

आइतबार राति ध्वस्त भवनहरूको भग्नावशेषबीच बाहिर प्रार्थना गरिएको थियो । केही मानिसले खचाखच भरिएको पाल शिविरलाई बत्तीसहित सजाएका छन् । आश्रयस्थमा परिवर्तन भएको संयुक्त राष्ट्र–विद्यालयको एक भिडियोमा बालबालिकाहरू नाच्दै फोम छर्किरहेको देखाइएको थियो भने एकजना मानिसले लाउडस्पिकरमा गाइरहेका थिए । 

यद्यपि पाँच महिनाको युद्धपछि खुशीयाली मनाउनका लागि केही पनि थिएन । युद्धमा ३० हजारभन्दा धेरै प्यालेस्टिनी मारिएका छन् भने गाजाका अधिकांश हिस्सा तहसनहस भएको छ । परिवारले सामान्यतया बिदाको भोजका साथ दैनिक उपवास तोड्छन् तर भोजन उपलब्ध भएका स्थानमा डिब्बाबन्द सामानबाहेक केही पनि छैन र धेरै मानिसका लागि ती सामानको मूल्य धेरै महँगो भएको छ । 

दक्षिणी सहर रफामा आइतबार खाना किन्दै गरेका सबा अल–हेन्डीले भने, “तपाईं कसैको आँखामा खुशी देख्नुहुन्न, प्रत्येक परिवार दुःखी छ र हरेक परिवारमा एक जना शहीद छन् ।”

अमेरिका, कतार र इजिप्टले सामान्यतया रमाइलोसँग बिहानदेखि साँझसम्म उपवास बस्ने महिनाअघि युद्धविराम हुने आशा गरेका थिए । दर्जनौँ इजराइली बन्धक र प्यालेस्टिनी बन्दीहरूको रिहाइ तथा गाजामा ठूलो सङ्ख्यामा मानवीय सहायता प्रवेशलाई लिएर युद्धविराम वार्ता सुरु भए पनि गत साता वार्ता रोकियो ।

हमासले कुनै पनि सम्झौताले युद्धको अन्त्य गर्ने प्रत्याभूति मागिरहेको छ तर इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ र बाँकी सबै बन्धकको रिहाइ नभएसम्म आक्रमण जारी राख्ने वाचा गरेका छन् । 

अक्टोबर ७ मा हमासको नेतृत्वमा इजराइलमाथि आक्रमण भएपछि युद्ध सुरु भएको हो । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो । गत वर्ष भएको आदानप्रदानपछि हमाससँग अहिले पनि करिब एक सय बन्दी र ३० जना बाँकी रहेको बताइएको छ । 

युद्धले गाजाका २३ लाख जनसङ्ख्यामध्ये करिब ८० प्रतिशतलाई आफ्नो घरबाट विस्थापित गरेको छ भने लाखौँ मानिसलाई भोकमरीमा धकेलेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार उत्तरी गाजामा कुपोषण र निर्जलीकरण (पानीको अभाव) ले अधिकांश बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको छ ।

इजराइली सेनाले अक्टोबरपछि ठूलो मात्रामा उत्तरमा सिल गरेको छ । सहायता समूहहरूका अनुसार इजराइली प्रतिबन्ध, जारी शत्रुता र कानून तथा व्यवस्था भङ्ग हुँदा अधिकांश क्षेत्रमा अत्यावश्यक खाद्यान्न सुरक्षितरूपमा पुर्याउन करिब असम्भव भएको छ । 

यस बीचमा इजराइलले दक्षिणी सहर रफासम्म आफ्नो आक्रमणलाई विस्तार गर्ने वाचा गरेको छ । आक्रमणबाट बच्न सर्वसाधारणहरू कहाँ जान्छन् भन्नेबारेमा कुनै कुरा नगरी रफामा गाजाको आधा जनसङ्ख्याले शरण मागेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रफामा आक्रमण आफ्ना लागि ‘रातो रेखा’ हुने बताए । यद्यपि उनले अमेरिकाले इजराइललाई सैन्य सहायता प्रदान जारी राख्ने बताए । बाइडेनले रमजानका अवसरमा दिएकाे सन्देमा पवित्र महिना ‘अत्यधिक पीडाको क्षणमा’ आउँछ भनेका छन् । 

“आगामी दिन र साताहरूमा मुस्लिमहरू आफ्नो उपवास तोड्नका लागि विश्वभर एकत्रित हुँदा प्यालेस्टिनी जनताको पीडा धेरै मानिसको दिमागमा हुनेछ, यो मेरो दिमागको अगाडि छ”, उनले भने । 

अमेरिका र अन्य मुलुकले हालैका दिनमा हवाई सहायता पठाउन सुरु गरेका छन् तर मानवीय समूहहरूले यस्तो प्रयास महँगो र अपर्याप्त भएको बताएका छन् । अमेरिकी सेनाले सहायता पुर्याउनका लागि सामुद्रिक पुल बनाउन उपकरणको ढुवानी पनि सुरु गरिसकेको छ तर यो सञ्चालनमा आउन धेरै साता लाग्ने सम्भावना छ । 

दुई सय टन खाद्यान्न लिएर स्पेनी सहायता समूह ओपन आर्म्ससँग सम्बन्धित एक जहाजले नजिकैको साइप्रसबाट गाजाका लागि पाइलट यात्रा गर्ने अपेक्षा गरिएको थियो तर कहिले प्रस्थान हुनेछ भन्ने स्पष्ट छैन । इजराइलले सामुद्रिक डेलिभरीको स्वागत गर्ने र साइप्रस छाड्नुअघि गाजा जाने कार्गोको निरीक्षण गर्ने जनाएको छ । 

साइप्रसमा जहाजलाई गाजाको कुनै अज्ञात स्थलमा पुर्याउन दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको छ । सेलिब्रिटी सेफ जोस एन्ड्रेसले स्थापना गरेकाे अमेरिकी च्यारिटी वर्ल्ड सेन्ट्रल किचेनले खाना आपूर्ति गर्नेछ । उक्त संस्थाले गाजामा एउटा घाटको निर्माण आइतबारदेखि सुरु भएको बताएको छ । गाजा पुगेपछि सहायतालाई क्रेनबाट उतारेर ट्रकहरूमा राखिनेछ र उत्तरतिर लगिनेछ । 

अमेरिकाले इजराइललाई महत्त्वपूर्ण सैन्य सहायता प्रदान गरेको छ र उसलाई युद्धविरामका लागि अन्तर्राष्ट्रिय आह्वानबाट बचाएको छ । साथै अमेरिकाले इजराइललाई नागरिकहरूलाई हानि पुर्याउनबाट बच्न र मानवीय सहायताको सुविधाका लागि थप प्रयास गर्न आग्रह गरेको छ । 

गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार युद्ध सुरु भएपछि अहिलेसम्म कम्तीमा ३१ हजार एक सय १२ प्यालेस्टिनी मारिएको जनाएको छ । मन्त्रालयले आफ्नो गणनामा सर्वसाधारण र लडाकूबीच कुनै भिन्नता गरेको छैन तर मृतकमध्ये दुई तिहाई महिला र बालबालिका रहेको बताएको छ । 

विद्रोहीहरूले घर, विद्यालय र मस्जिदहरू नजिकैका बाक्लो, आवासीय क्षेत्रमा लडाइँ, लडाकूहरू, सुरुङ र रकेट लन्चर राखेकाले इजराइलले सर्वसाधारणको मृत्युका लागि हमासलाई दोष दिएको छ । सेनाले कुनै प्रमाण पेस नगरी १३ हजार हमास लडाकू मारेको बताएको छ ।

शनिबार एमएसएनबिसीसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले इजराइललाई अक्टोबर ७ को आक्रमणको जवाफ दिने अधिकार भएको तर नेतान्याहुले ‘निर्दोष मानिसको ज्यान जाने कुरामा बढी ध्यान दिनुपर्ने’ बताए । “तपाईंले ३० हजारभन्दा बढी प्यालेस्टिनीलाई मार्न सक्नुहुन्न”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy