एजेन्सी । संयुक्त राष्ट्रसङ्घले बुधबार बङ्गलादेशका शिविरहरूमा रहेका धेरै रोहिङ्ग्या शरणार्थीका लागि सहयोग बढाउन आह्वान गरेको छ । शिविरमा पैसाको अभावले धेरै मानिस पर्याप्त खाना वा अन्य सहयोगबाट वन्चित छन् ।
सङ्कटका लागि आफ्नो वार्षिक प्रतिवेदनमा राष्ट्रसङ्घले बङ्गलादेशमा अधिकांश मुस्लिम रोहिङ्ग्या शरणार्थीहरू र उनीहरूलाई आतिथ्यता प्रदान गर्ने समुदायलाई यस वर्ष अत्यावश्यक सहयोग प्रदान गर्न ८५ करोड २४ लाख डलरका लागि अपिल गरेको छ ।
बङ्गलादेश अधिकांश राज्यविहीन अल्पसङ्ख्यक रोहिङ्ग्याका करिब १० लाख सदस्यको घर हो । यीमध्ये धेरै मानिस सन् २०१७ मा म्यान्मामा सैन्य कारवाहीपछि भागेका थिए । म्यान्मामा लगातार द्वन्द्व भइरहेको छ ।
राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) ले बङ्गलादेशमा करिब ९५ प्रतिशत रोहिङ्ग्या परिवार असुरक्षित मानिएको र उनीहरू मानवीय सहयोगमा निर्भर रहेको एक विज्ञप्तिमा जनाएको छ । “म्यान्मामा द्वन्द्व बढ्दै गएपछि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय ऐक्यबद्धता र शरणार्थीको सुरक्षा पहिलाभन्दा धेरै नै आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ ।
गत वर्ष राष्ट्रसङ्घ र उसका सहयोगी मुलुकहरूले रोहिङ्ग्या शरणार्थी सङ्कटमा फसेका मानिसको सहयोगका लागि ८७ करोड ६० लाख डलर प्रदान गर्ने बताएका थिए । यद्यपि अन्त्यमा अनुरोध गरिएको रकमको आधा अर्थात ४४ करोड डलर मात्र प्रदान गरियो ।
धेरै हदसम्म मानवीय सङ्कट अन्तर्राष्ट्रिय चर्चाबाहिर भएकाले युएनएचसिआरले हालैका वर्षहरूमा महत्त्वपूर्ण कोषको कमीले ‘गम्भीर असर’ परेको चेतावनी दिएको छ । धेरै शरणार्थीले आफ्ना आधारभूत आवश्यकता पूरा गर्नका लागि सङ्घर्ष गरिरहेको भन्दै युएनएचसिआरले ‘तत्काल दिगो सहयोग आवश्यक रहेको’ बताएको छ ।
सहयोग प्राप्त गर्ने शरणार्थी जनसङ्ख्यामा ७५ प्रतिशतभन्दा धेरै महिला तथा बालबालिका रहेको भन्दै राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले उनीहरूले ‘दुर्व्यवहार, शोषण र लिङ्गमा आधारित हिंसाको बढ्दो जोखिम’ को सामना गरिरहेको चेतावनी दिएको छ ।
“शिविरहरूमा आधाभन्दा धेरै शरणार्थी १८ वर्षभन्दा कम उमेरका छन्, उनीहरू शिक्षा, सीप निर्माण र जीविकोपार्जनको सीमित अवसरहरूबीच बाँचिरहेका छन्”, विज्ञप्तिमा भनिएको छ । सङ्कटका लागि राष्ट्रसङ्घको नेतृत्वको संयुक्त प्रतिक्रिया योजनाले एक सय १७ साझेदारलाई एक ठाउँमा ल्याएको छ र यसमा करिब आधा बङ्गलादेशी सङ्गठन छन् ।
उक्त योजनाको लक्ष्य रोहिङ्ग्या समुदायका करिब तीन लाख ५० हजार मानिसका साथै कक्स बजार शिविरहरू र भासन चार द्वीपमा रहेका करिब १० लाख रोहिङ्ख्या शरणार्थीलाई सहयोग गर्नु हो । उक्त रकमको प्रयोग खाना, आश्रय, स्वास्थ्य सेवा, पेयजलमा पहुँच, सुरक्षा सेवा, शिक्षा र अन्य सहयोगका लागि गरिने राष्ट्रसङ्घले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: