काठमाडौँ । लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार निजलाई एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको हो ।
इलाम नगरपालिका–९ ठेगाना भएका २५ वर्षीय विकास बसेलसमेत तीनजनालाई अवैध लागुऔषध खैरो हेरोइन ३७ ग्राम पाँच सय मिलीग्राम र डिजिटल तराजु एक थानसहित गत साउन २६ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान एवं सोधपुछका क्रममा उक्त लागुऔषधको कारोबारमा रोशन राईसमेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस २५ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता ढकालले बताए। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १२:४९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याक...
फाल्गुन २८ गते, २०८२ - १२:४३
काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ निर्वाचन क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र प...
फाल्गुन २८ गते, २०८२ - १२:०९
काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ । ...
फाल्गुन २८ गते, २०८२ - ११:४९
काठमाडौँ। हालै सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै केपी शर्मा ओली ले आफ्नो पार्टीले अपेक्षाअनुसार सिट हासिल गर्न नसकेको स्वीकार गरेका...
फाल्गुन २८ गते, २०८२ - ११:२५
काठमाडौँ। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजारले र चाँदीको मोल रु २०५ ले घटेको छ । ...
फाल्गुन २८ गते, २०८२ - ११:११
बैतडी। बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...
फाल्गुन २८ गते, २०८२ - १०:५५
दार्चुला। प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकास...
फाल्गुन २८ गते, २०८२ - १०:४८
हिले। धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका र...
फाल्गुन २८ गते, २०८२ - १०:३७
फिदिम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका...
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...



प्रतिकृया लेख्नुहोस्: