Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

निर्वाचन प्रहरी भन्छन् अबको पाइला उद्यमतर्फ

खबरडबली संवाददाता

हिले। धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका रूपमा काम गर्ने अनि घर फर्किएर विदेश जाने तरखरमा हुनुहुन्थ्यो तर अब उहाँमा देशमै केही उद्यम गर्ने सोच आएको छ । बस्नेत भन्न्छन्, “अब विदेश होइन, देशमै केही गर्ने ऊर्जा आएको छ । अब उद्यममा जोडिने हो ।” 

धनकुटा चौबिसेका नवीन चेम्जोङ पनि निर्वाचन प्रहरीमा भर्ती भएपछि आफ्नो सोच बदलिएको बताउछन् । छोटो समयको कमाइ भनेर निर्वाचन प्रहरीमा भर्ना भएको तर अहिले उद्यम गर्नु पर्छ भन्ने कुरा सिकिएको उनको भनाइ छ । उनले भने, “छोटो समयमा कमाइ हुने भएकाले निर्वाचन प्रहरीमा भर्ती भएपछि के गर्ने कुनै तयारी थिएन तर अब केही राम्रै उद्यम गर्ने हो ।”   

जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्वाचन प्रहरीलाई उद्यम तथा रोजगारीसँग जोड्ने उद्देश्यले उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यव्रmम आयोजना गरेपछि अहिले धेरै निर्वाचन प्रहरीको मन परिवर्तन भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले बुधबार निर्वाचनमा खटिएका ९८९ जनपथतर्फका र ९६ जना सशस्त्रतर्फका निर्वाचन प्रहरीलाई रोजगारीसँग जोड्ने उद्देश्यले कार्यव्रmम आयोजना गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन प्रहरीलाई खाली हात घर फर्काउनुभन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले यस्तो पहल गरिएको बताए। उनका अनुसार उत्तरपानीस्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी निर्वाचन प्रहरीको चाहना अनुसार तालिम सञ्चालन गर्न कार्यव्रmमको आयोजना गरिएको हो । तालिममार्फत सहभागीलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रव्रिmया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेलबारे पनि जानकारी दिइएको छ । बैङ्क तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त निर्वाचन प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारीसमेत गरिएको उहाँको भनाइ छ । अब उनीहरूलाई उनीहरूकै मागका आधारमा तालिम दिने तथा सम्बन्धित पालिकामा बुझेर आफूलाई आवश्यक पर्ने तालिम लिन उत्प्रेरित गरिएको उनको भनाइ छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, घरेलु तथा साना उद्योग कार्यालय कृषि ज्ञान केन्द्र, पशुविज्ञ सेवा केन्द्र धनकुटा नगरपालिकालगायतका विभिन्न कार्यालयका प्रतिनिधिले निर्वाचन प्रहरीलाई आफ्नो कार्यालयले गरिरहेका काम तथा अब गर्न सकिने काम तथा दिन सकिने तालिमबारे जानकारी गराएका थिए । कृषिमा के के गर्न सकिन्छ ? कसरी गर्ने र कृषिबारे जानकारी कहाँ कहाँबाट लिन सकिन्छ ? भन्नेबारेमा जानकारी दिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना बताउछन् । 

उनीहरूलाई होटेल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिक, फर्निचर तथा मुढा बनाउने, सिलाइकटाइ जस्ता तालिम सञ्चालन गर्ने तयारी गरिएको हो । त्यस्तै मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा जस्ता प्राविधिक कामको लागिसमेत माग भए तालिम दिने घरेलु कार्यालय धनकुटाका प्रतिनिधि विकास कार्कीले जानकारी दिए। 

त्यस्तै कृषि तथा पशुपालनतर्फ पनि निर्वाचन प्रहरीलाई आकर्षित गर्ने योजना बनाइएको छ । नगरपालिकामा धेरै तालिमका अवसर आउने र रोजगारीसँग जोड्न सकिने भएकाले धेरै निर्वाचन प्रहरीलाई आफूहरूले सोको बारेमा जानकारी दिइरहेको धनकुटाका नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारी बताउछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनएक्सटी २०२६ ग्लोबल समिटमा वक्ताका रूपमा रेनु दाहाललाई निमन्त्रणा

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ । ...

निर्वाचन परिणामपछि ओलीद्वारा हार स्वीकार, जनताको निर्णयलाई सम्मान गर्ने प्रतिबद्धता

काठमाडौँ। हालै सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै केपी शर्मा ओली ले आफ्नो पार्टीले अपेक्षाअनुसार सिट हासिल गर्न नसकेको स्वीकार गरेका...

बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजारले र चाँदीको मोल रु २०५ ले घटेको छ । ...

निर्वाचित सांसद भण्डारी घरदैलोमा जनताको समस्या सुन्दै

बैतडी। बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...

नागुका स्थानीयले रास्वपाका सामन्तलाई बुझाए १० बुँदे ज्ञापन

दार्चुला। प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकास...

निर्वाचन प्रहरी भन्छन् अबको पाइला उद्यमतर्फ

हिले। धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका र...

वचनको राजनीति- ओलीले हारेपछि इलाम छाड्छु भनेर बाजी राखेका नेम्वाङ सरे पाँचथर

फिदिम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका...

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE