एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकका लागि ‘कठिन’ समयमा आएको साताको अन्त्यमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग बिहीबार आग्रह गरेका छन् । लामो समयसम्म सेवारत पुटिनले एक पटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहेका छन् ।
क्रेमलिनले पुटिन यसै साताको अन्त्यमा हुने निर्वाचनबाट अर्को छ वर्षको कार्यकाल सुरक्षित गर्न तयार भएकाे भन्दै निर्वाचनले युक्रेनमा रुसको आक्रमणपछाडि समाजको हात रहेको देखाउने बताएको छ ।
“म आश्वस्त छु : हाम्रो मुलुक कस्तो कठिन अवस्थाबाट गुज्रिरहेको छ र हामी करिब सबै क्षेत्रमा कति जटिल चुनौतीहरूको सामना गरिरहेका छौँ भन्नेबारे तपाईंहरूले बुझ्नुभएको छ”, मतदानको पूर्वसन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै पुटिनले भने, “उनीहरूलाई गरिमापूर्वक जवाफ दिन र कठिनाइहरू सफलतापूर्वक पार गर्न हामीले एकताबद्ध र आत्मविश्वासी बन्न जारी राख्नुपर्छ ।”
मार्च १५ देखि १७ सम्म हुने निर्वाचनमा हुने जितले उनलाई कम्तीमा सन् २०३० सम्म क्रेमलिनमा बस्न अनुमति दिनेछ । यो १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा उनको शासन अवधि लामो हो ।
“म स्पष्टरूपमा भन्छु : आजको निर्वाचनमा भाग लिनु भनेको देशभक्ति भावनाको अभिव्यक्ति हो”, पुटिनले भने । उनले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताए ।
रुसी नेताले भने, “मोर्चामा हाम्रा लडाकूहरूले पनि मतदान गर्नेछन्, उनीहरूले साहस र वीरता प्रदर्शन गर्दै मातृभूमिको रक्षा गर्नेछन् र निर्वाचनमा भाग लिएर हामी सबैका लागि उदाहरण स्थापित गर्नेछन् ।” निर्वाचन पूर्वकेजिबीका एजेन्ट (पुटिन) का लागि अत्यधिक आत्मविश्वासको समयमा आएको छ ।
युक्रेनमा रुसी सेनाले महिनौँमा पहिलो पटक युद्धक्षेत्रमा बढत हासिल गरेको छ र पुटिनका सबैभन्दा कट्टर आलोचक एलेक्सी नभाल्नीको गत महिना आर्कटिक कारागार कोलोनीमा मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: