Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अमेरिकी स्टिल कम्पनी निप्पोनलाई बिक्री गर्ने पक्षमा आफू नरहेको बाइडेनको भनाइ

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसको राजकीय भ्रमणका लागि स्वागत गर्नुभन्दा एक महिना पहिले राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमती रहेको बताए । 

यसको अर्थ राष्ट्रपति बाइडेनको नजर नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध केन्द्रित देखिएको छ । दुवै पार्टीका सांसदहरूले एक विदेशी मालिकलाई विशाल अमेरिकी उत्पादन कम्पनी बिक्री गर्ने योजनाको विरोधमा युनियनहरूसँग मिलेर काम गरेका छन् ।

युएस स्टिल कम्पनी पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा अवस्थित छ । उक्त राज्यमा राष्ट्रपति बाइडेनले सन् २०२० को निर्वाचनमा ट्रम्पमाथि विजय गरेका थिए । यस वर्ष फेरि बाइडेनको ट्रम्पसँग प्रतिस्पर्धा हुने करिबकरिब निश्चित भएको छ ।  

राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामीले अमेरिकी स्टिल कम्पनीहरूलाई जोगाउनुपर्छ । मैले हाम्रा स्टिल कर्मीहरूलाई भनेको थिएँ यसमा मेरो सहयोग रहनेछ ।”

उनले भनेका छन्, “यूएस स्टील एक शताब्दीभन्दा बढी समयदेखि एक प्रतिष्ठित अमेरिकी कम्पनीका रूपमा काम गर्दै आएको कम्पनी हो र अमेरिकाका लागि यो कम्पनी रहनु महत्वपूर्ण छ ।” 

तर बाइडेनले डिसेम्बरमा घोषणा भएदेखि नै यसले राष्ट्रिय सुरक्षा हितलाई कसरी असर गर्छ भन्ने संघीय समीक्षाको अधीनमा रहेको यो सम्झौतालाई आफूले अवरोध गर्ने स्पष्ट रूपमा बताएका छन् । 

जापानी सरकारका प्रवक्ता योशिमासा हयाशीले शुक्रबार टोकियोलाई बाइडेनको बयानबारे जानकारी भए पनि व्यक्तिगत कम्पनीको व्यवस्थापनको विषयमा टिप्पणी गर्न अस्वीकार गरेको बताए । उनले भनेका छन्, “जापान–अमेरिका गठबन्धन पहिलेभन्दा बलियो छ र राष्ट्रहरूले ‘नियममा आधारित स्वतन्त्र र खुला आर्थिक व्यवस्थाको रखरखाव र सुदृढीकरण’ लगायत धेरै क्षेत्रमा सहयोग जारी राख्नेछन् ।”

निप्पोन स्टिल र युएस स्टिलले एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूको साझेदारीले ‘जापान र संयुक्त राज्य अमेरिकाबीचको घनिष्ठ गठबन्धन“ प्रतिबिम्बित गरेको बताएका छन् ।

“हामी लेनदेनको प्रशासनको जाँचको स्वागत गर्दछौं । यो लेनदेनको वस्तुनिष्ठ र व्यापक समीक्षाले यसले अमेरिकी रोजगारी, प्रतिस्पर्धा र आर्थिक र राष्ट्रिय सुरक्षालाई बलियो बनाउँछ भन्ने देखाउँछ,” वक्तव्यमा भनिएको छ । 

निप्पोन स्टिलले एक छुट्टै विज्ञप्ति जारी गर्दै भनेको छ, “यो सम्झौताले अमेरिकी स्टील, युनियन कामदार र समग्र अमेरिकी स्टिल उद्योगलाई स्पष्ट लाभ प्रदान गर्दछ ।”

यूएस स्टीलको शेयर शुक्रवार ६.४ प्रतिशतले घटेको छ भने शुक्रवारको निप्पोन स्टीलको शेयर ०.११ प्रतिशतले घटेको छ । प्रस्तावित बिक्री संयुक्त राज्य अमेरिकामा एक राजनीतिक हतियार बनेको छ ।

गत फेब्रुअरीमा ट्रम्पले आफूले ह्वाइट हाउसमा दोस्रो कार्यकाल जितेमा उक्त ‘भयानक’ सम्झौता रोक्ने बताएका थिए । बाइडेनको चुनावी घोषणापत्रमा अमेरिकी उत्पादनको पुनः निर्माण गर्ने प्रतिबद्धताको केन्द्रमा पनि यो सम्झौता उल्लेख गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending