Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आयो: मन्त्री तामाङ

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संविधान र परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आएको बताएका छन् ।

काभ्रेको अनैकोटमा आयोजित २६ औँ साँस्कृतिक सहिद दिवस एवं सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।
‘हामीले भनेको र सोचेको सबै कुरा समावेश नभए पनि विगतका विभिन्न चरणमा घोषणा गरिएका संविधानभन्दा अग्रगामी संविधान बनेको छ, कमसेकम गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलाई संस्थागत गरेका छौँ,’ मन्त्री तामाङले भने, ‘यी राजनीतिक उपलब्धिहरुलाई कमजोर हुन नदिनका लागि फेरि सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आएको छ ।’

मन्त्री तामाङले यो वा त्यो बहानामा क्रान्तिकारीहरु अलग्गिएर बस्न नहुनेमा समेत जोड दिए । उनले भने, ‘यदि कसैले आफूलाई क्रान्तिकारी र गणतन्त्रवादी शक्ति भन्छन् भने यो संविधानको रक्षाको निम्ति सबै एक ठाउँमा हुन आवश्यक छ । संविधानको विरुद्धमा हुन सक्ने सबैखाले गतिविधि र षड्यन्त्रका विरुद्ध हामी एक भएर लाग्नुको विकल्प छैन ।’

संविधान र परिवर्तित उपलब्धिका रक्षाका निम्ति समाजवादी मोर्चा बनेको समेत मन्त्री तामाङको भनाई थियो । टुटफुट र विभाजनको श्रृंखला जारी रहे अहिलेको परिवर्तनलाई रक्षा गर्न सक्दैनौँ कि भन्ने प्रश्न बलियो भएर जाने उनको भनाई थियो ।

त्यस्तै, क्रान्तिकारी शक्तिहरु कमजोर हुँदा प्रतिक्रान्तिकारीहरुले परिवर्तन र व्यवस्था विरोधी कदम चालिरहेको समेत उनले उल्लेख गरे । ‘प्रतिक्रान्तिकारीहरु जसले यो व्यवस्था र परिवर्तनको विरोध गरेर आफ्नो राजनीति धानिराखेका छन्, उनीहरुले संसददेखि सडकसम्म राजतन्त्र पुर्नस्थापना गर्ने सपना देखिरहेका छन्, त्यो सम्भव छैन,’ मन्त्री तामाङले थपे, ‘परिवर्तन विरोधीहरुबाट जसरी जनतालाई दिग्भ्रमित पार्ने काम भइरहेको छ, त्यसलाई परास्त गर्नका लागि पनि हामी एकढिक्का हुन जरुरी छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE