Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ट्राफिक प्रहरीलाई ब्रेथलाईजर प्रयोग अनुशिक्षण तालिम दिइयो

खबरडबली संवाददाता

बारा । ट्राफिक प्रहरीको ‘ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण कार्यक्रम’ तालिम सम्पन्न भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन नेपालको आयोजनामा बाराको निजगढमा ट्राफिक प्रहरी हवल्दार र असाई लक्षित ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण तालिम मंगलबार बाराको निजगढमा सम्पन्न भएको हो ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका नसर्ने रोग र मानसिक स्वास्थ्यका टोली नेतृत्व गरेका गम्पो दोर्जीले मधेश प्रदेशमा मोटरसाईकलमा अनिवार्य रुपमा हेलमेटको प्रयोग गराउनुपर्ने बताए । दोर्जीले दुर्घटनामा हेलमेटको प्रयोगले मुत्यृहुनेको सख्यामा कमी आउने भएकाले चालक र पछाडि बसेका व्यक्तिहरुले समेत हेलमेटको प्रयोग गर्ने वतावरण मिलाउन नेपाल सरकारसँग छलफल भएको बताए । 

ट्राफिक प्रहरीले तालिमका दौरान सिकेका व्यावसायिक ज्ञान र सिपलाई कार्यक्षेत्रमा लागु गरेमा दुर्घटना न्यूनीकरणहुने मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले बताए ।

समारोहमा प्रशिक्षार्थी प्रहरीहरूलाई दुर्घटना न्यूनीकरण गर्ने तथा मधेश प्रदेशमा मादक पदार्थ सेवन (मापसे) र लागुऔषधको प्रयोगगरी सवारी चलाउनेलाई कारबाही गर्न ब्रेथलाईजरको प्रयोग गर्ने कार्यक्षेत्रमा लागु गर्न समेत प्रहरी नायव महानिरीक्षक पोखरेलले निर्देशन दिए । 

उनले ट्राफिक प्रहरी नागरिकको सेवामा समर्पित संगठन भएको कारण नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहनुपर्ने समेत बताए । 

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिम किरण बोगटी, जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक राम कुमार महतो, ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठ लगायतको सहभागिता  थियो । अनुशिक्षणमा तालिममा ४८ प्रशिक्षार्थी सहभागी भएका थिए ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending