Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

ट्राफिक प्रहरीलाई ब्रेथलाईजर प्रयोग अनुशिक्षण तालिम दिइयो

खबरडबली संवाददाता

बारा । ट्राफिक प्रहरीको ‘ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण कार्यक्रम’ तालिम सम्पन्न भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन नेपालको आयोजनामा बाराको निजगढमा ट्राफिक प्रहरी हवल्दार र असाई लक्षित ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण तालिम मंगलबार बाराको निजगढमा सम्पन्न भएको हो ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका नसर्ने रोग र मानसिक स्वास्थ्यका टोली नेतृत्व गरेका गम्पो दोर्जीले मधेश प्रदेशमा मोटरसाईकलमा अनिवार्य रुपमा हेलमेटको प्रयोग गराउनुपर्ने बताए । दोर्जीले दुर्घटनामा हेलमेटको प्रयोगले मुत्यृहुनेको सख्यामा कमी आउने भएकाले चालक र पछाडि बसेका व्यक्तिहरुले समेत हेलमेटको प्रयोग गर्ने वतावरण मिलाउन नेपाल सरकारसँग छलफल भएको बताए । 

ट्राफिक प्रहरीले तालिमका दौरान सिकेका व्यावसायिक ज्ञान र सिपलाई कार्यक्षेत्रमा लागु गरेमा दुर्घटना न्यूनीकरणहुने मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले बताए ।

समारोहमा प्रशिक्षार्थी प्रहरीहरूलाई दुर्घटना न्यूनीकरण गर्ने तथा मधेश प्रदेशमा मादक पदार्थ सेवन (मापसे) र लागुऔषधको प्रयोगगरी सवारी चलाउनेलाई कारबाही गर्न ब्रेथलाईजरको प्रयोग गर्ने कार्यक्षेत्रमा लागु गर्न समेत प्रहरी नायव महानिरीक्षक पोखरेलले निर्देशन दिए । 

उनले ट्राफिक प्रहरी नागरिकको सेवामा समर्पित संगठन भएको कारण नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहनुपर्ने समेत बताए । 

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिम किरण बोगटी, जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक राम कुमार महतो, ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठ लगायतको सहभागिता  थियो । अनुशिक्षणमा तालिममा ४८ प्रशिक्षार्थी सहभागी भएका थिए ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE