Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रतिनिधिसभाको बैठक: बजेट अर्थमन्त्रालयको नियन्त्रणमा मात्रै हुनुहुदैँन

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा अर्थमन्त्रालयको मात्रै नियन्त्रणमा मात्रै हुन नहुने धारणा राखेका छन् । 

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलका क्रममा उनले बजेट जनतामा उत्साह भर्न सक्ने, अर्थतन्त्रलाई माथि उठाउने, मुलुकको समृद्धि गर्ने खालको र वर्तमान चूनौतीलाई सामना गर्ने खालको हुनुपर्नेमा जोड दिए । 

बजेट निर्माण प्रक्रिया पारदर्शी हुनपर्ने, ब्यापक छलफल गरेर ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, “बजेट निर्माण प्रक्रियामा सांसदहरुलाई विश्वास गर्नुस, योजना निर्माणमा पनि सांसदका सुझावलाई ग्रहण गर्नुस ।” उनले बजेटमा अर्थमन्त्रालयको नियन्त्रण हुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको र जनताको आवश्यकताका आधारमा बजेटको प्राथमिकता गरी नयाँ आयोजना छनोट गर्दा उत्पादकत्व, जनतालाई लाभ दिने खालको हुनुपर्ने उनको भनाइ थियो ।

नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले मुलुकको आर्थिक अवस्था माथि उठने र मुलुकको विकास हुने खालको बजेट ल्याउनुपर्ने सुझाव दिए । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले मधेस–प्रदेश विकासमा पछाडि परेको हुँदा सरकारले विशेष विकासको प्याकेज दिनुपर्ने माग गरे । उनले वीरगञ्जमा बन्द रहेको चिनी कारखाना सञ्चालन गर्नुपर्ने, कृषि औजार कारखानालाई अगाडि बढाउनुपर्ने, जनकपुर चुरोट कारखाना चलाउन सरकारको योजनाका बारेमा बजेटले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

सांसद यादवले मधेसमा रासायनिक मलका कारण धेरै ठूलो समस्या देखिएकाले रोक्नुपर्नेमा जोड दिँदै गरिब र धनी छुट्टयाएर सामाजिक सुरक्षाभक्ता वितरण गर्नुपर्ने उल्लेख गरे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कृषिलाई व्यावसायिक र आधुनिकीकरण गरेर अघि बढाउनुपर्ने सुझाव दिए । 

आमजनता पार्टीका सांसद प्रभु साहले देशलाई आर्थिक क्षेत्रबाट बलियो बनाउनेभन्दा पनि देशको पैसा विभिन्न बहानामा विदेश पठाउनबाट रोक्नुपर्नेमा जोड दिए । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले देशलाई प्रतिफल दिने खालको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने र युवा र पुँजी पलायनलाई रोक्नुपर्ने सुझाव दिए । 

स्वतन्त्र सांसद योगेन्द्रकुमार मण्डलले दातृ निकायसँगको सम्झौताअनुरुपको रकम लिएर स्पष्टरुपमा खर्च गर्नुपर्ने सुझाव दिँदै गरिबी निवारण गर्ने खालको योजना ल्याउनुपर्ने सुझाव दिए । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले वितरणमुखी बजेट नभइ काम गर्न सकिने खालको बजेट ल्याउनुपर्ने र आफूसँग भएको स्रोत र साधानको निर्यात गर्नुपर्नेमा सुझाव दिए । 

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद अच्युतप्रसाद मैनालीले फलाम उद्योग, सिमेन्ट उद्योगलगायतका उद्योग सञ्चालन गर्नुपर्ने र निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने खालको बजेट ल्याउनुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले जस्ले उद्यम गर्छ, उसले अनुदान पाउँछ भन्ने खालका कार्यक्रम ल्याउनुपर्ने र सवारी दुर्घटना रोक्नेजस्ता कार्यक्रमहरु ल्याउनुपर्ने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गतवर्ष तय गरेका बजेटका प्राथमिकताले कति योजना सफल भयो भन्ने विषयमा समीक्षा गर्दै आगामी बजेट बनाउनुपर्ने सुझाव दिए । जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जुकुमारी झाले युवाहरुलाई स्वदेशमा रोजगारी दिने खालको बजेट ल्याउनुपर्ने सुझाव दिइन् । 

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रत्येक सदरमुकाम र स्थानीय तहसम्म पक्की सडक बनाउने गरी बजेट विनियोजन गर्न माग गर्दै प्रत्येक पालिकामा अस्पतालको परिकल्पना गरेको हुँदा आवश्यक बजेटको व्यवस्था गर्न माग गरे । 

सदनमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending