Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

प्रतिनिधिसभाको बैठक: बजेट अर्थमन्त्रालयको नियन्त्रणमा मात्रै हुनुहुदैँन

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा अर्थमन्त्रालयको मात्रै नियन्त्रणमा मात्रै हुन नहुने धारणा राखेका छन् । 

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलका क्रममा उनले बजेट जनतामा उत्साह भर्न सक्ने, अर्थतन्त्रलाई माथि उठाउने, मुलुकको समृद्धि गर्ने खालको र वर्तमान चूनौतीलाई सामना गर्ने खालको हुनुपर्नेमा जोड दिए । 

बजेट निर्माण प्रक्रिया पारदर्शी हुनपर्ने, ब्यापक छलफल गरेर ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, “बजेट निर्माण प्रक्रियामा सांसदहरुलाई विश्वास गर्नुस, योजना निर्माणमा पनि सांसदका सुझावलाई ग्रहण गर्नुस ।” उनले बजेटमा अर्थमन्त्रालयको नियन्त्रण हुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको र जनताको आवश्यकताका आधारमा बजेटको प्राथमिकता गरी नयाँ आयोजना छनोट गर्दा उत्पादकत्व, जनतालाई लाभ दिने खालको हुनुपर्ने उनको भनाइ थियो ।

नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले मुलुकको आर्थिक अवस्था माथि उठने र मुलुकको विकास हुने खालको बजेट ल्याउनुपर्ने सुझाव दिए । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले मधेस–प्रदेश विकासमा पछाडि परेको हुँदा सरकारले विशेष विकासको प्याकेज दिनुपर्ने माग गरे । उनले वीरगञ्जमा बन्द रहेको चिनी कारखाना सञ्चालन गर्नुपर्ने, कृषि औजार कारखानालाई अगाडि बढाउनुपर्ने, जनकपुर चुरोट कारखाना चलाउन सरकारको योजनाका बारेमा बजेटले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

सांसद यादवले मधेसमा रासायनिक मलका कारण धेरै ठूलो समस्या देखिएकाले रोक्नुपर्नेमा जोड दिँदै गरिब र धनी छुट्टयाएर सामाजिक सुरक्षाभक्ता वितरण गर्नुपर्ने उल्लेख गरे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कृषिलाई व्यावसायिक र आधुनिकीकरण गरेर अघि बढाउनुपर्ने सुझाव दिए । 

आमजनता पार्टीका सांसद प्रभु साहले देशलाई आर्थिक क्षेत्रबाट बलियो बनाउनेभन्दा पनि देशको पैसा विभिन्न बहानामा विदेश पठाउनबाट रोक्नुपर्नेमा जोड दिए । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले देशलाई प्रतिफल दिने खालको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने र युवा र पुँजी पलायनलाई रोक्नुपर्ने सुझाव दिए । 

स्वतन्त्र सांसद योगेन्द्रकुमार मण्डलले दातृ निकायसँगको सम्झौताअनुरुपको रकम लिएर स्पष्टरुपमा खर्च गर्नुपर्ने सुझाव दिँदै गरिबी निवारण गर्ने खालको योजना ल्याउनुपर्ने सुझाव दिए । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले वितरणमुखी बजेट नभइ काम गर्न सकिने खालको बजेट ल्याउनुपर्ने र आफूसँग भएको स्रोत र साधानको निर्यात गर्नुपर्नेमा सुझाव दिए । 

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद अच्युतप्रसाद मैनालीले फलाम उद्योग, सिमेन्ट उद्योगलगायतका उद्योग सञ्चालन गर्नुपर्ने र निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने खालको बजेट ल्याउनुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले जस्ले उद्यम गर्छ, उसले अनुदान पाउँछ भन्ने खालका कार्यक्रम ल्याउनुपर्ने र सवारी दुर्घटना रोक्नेजस्ता कार्यक्रमहरु ल्याउनुपर्ने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गतवर्ष तय गरेका बजेटका प्राथमिकताले कति योजना सफल भयो भन्ने विषयमा समीक्षा गर्दै आगामी बजेट बनाउनुपर्ने सुझाव दिए । जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जुकुमारी झाले युवाहरुलाई स्वदेशमा रोजगारी दिने खालको बजेट ल्याउनुपर्ने सुझाव दिइन् । 

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रत्येक सदरमुकाम र स्थानीय तहसम्म पक्की सडक बनाउने गरी बजेट विनियोजन गर्न माग गर्दै प्रत्येक पालिकामा अस्पतालको परिकल्पना गरेको हुँदा आवश्यक बजेटको व्यवस्था गर्न माग गरे । 

सदनमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE