Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

खबरडबली संवाददाता

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअन्तर्गत दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि शुक्रवारदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।

दुम्लिङ गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीय उत्साहित भएका छन् । सडक सञ्चालनसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको ओसारपसार तथा शिक्षा र अन्य सेवा सुविधामा सहजता आउने अपेक्षा गरिएको छ ।

नेपाली सेनाका अनुसार तुसारपानीदेखि तिङ्करसम्म निर्माणाधीन कूल ७९ किलोमिटर सडकअन्तर्गत हालसम्म २२ दशमलव १५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । त्यसमध्ये दुम्लिङसम्मको १२ किलोमिटर सडकमा सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

बाँकी क्षेत्रमा सडक स्तरोन्नति तथा ट्रयाक खोल्ने काम निरन्तर जारी रहेको सेनाले जनाएको छ । नेपाल-चीन सीमा क्षेत्रसँग जोडिएको व्यास क्षेत्र भौगोलिक रूपमा अत्यन्त विकट मानिन्छ । वर्षौँदेखि यहाँका नागरिकले पैदलमार्गको भरमा यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका थिए । सडक विस्तारसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।

नेपाली सेनाले आर्थिक वर्ष २०७७/७८ देखि उक्त सडक निर्माण अघि बढाउँदै आएको हो । हिमाली तथा चट्टानी भूभागमा कठिन परिस्थितिका बीच सडक निर्माण भइरहेको सेनाले जनाएको छ । रणनीतिक तथा विकासका दृष्टिले महत्त्व बोकेको यस सडकले सीमा क्षेत्रका बासिन्दालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले दुम्लिङसम्म सडक र गाडी पुगेपछि वर्षौँदेखिको यातायात समस्यामा राहत मिल्ने बताएका छन् । सडक सञ्चालन भएपछि खाद्यान्न, निर्माण सामग्री तथा अन्य आवश्यक वस्तुको ढुवानी खर्चसमेत घट्ने उनीहरूको विश्वास छ ।

तिङ्कर नाका जोड्ने लक्ष्यसहित सडक निर्माण कार्यलाई तीव्र बनाइएको नेपाली सेनाले जनाएको छ । सडक निर्माण सम्पन्न भएपछि व्यास क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मीको चापसँगै मधेसमा विद्युत् संकट गहिरिँदै, उपभोक्तामा आक्रोश बढ्दो

जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...

फिफा विश्वकप २०२६ : पानामालाई १–० ले हराउँदै घानाको महत्वपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...

सिक्टा सिँचाइ आयोजनाको नियमित पानीले किसानमा उत्साह

बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, ट्रम्पको पुनः आक्रमण चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...

सम्पत्ति छानबिन आयोग दबाबमा, आधा लक्ष्य पनि पूरा भएन

काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...

वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको एक्सन, एकै दिन ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...

बिटुमिन अभावले रोकियो अरनिको राजमार्ग स्तरोन्नति, दुई महिनादेखि कालोपत्रे ठप्प

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...

विनियोजन विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...

संघीय संसदका तीन समितिको बैठक आज, बजेटदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल

काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...

धवलागिरीका घुम्ती गोठ संकटमा

म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending