बेइजिङ । चीनले महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा भ्रष्टचार भएको स्विकार गरेको छ । सो परियोजनासँग सम्बन्धित भ्रष्टाचारको आशंकामा रहेका फरार अधिकारीहरूलाई लक्षित गरी चीनले अन्तर्राष्ट्रिय खोज सुरु गर्ने तयारी गरिरहेको छ ।
सत्तारुढ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको चीनको भ्रष्टाचार विरोधी निगरानी निकाय केन्द्रीय अनुशासन निरीक्षण (सीसीडीआई) ले मंगलबार हङकङस्थित सीमापार भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने जिम्मेवारी पाएका विभिन्न निकायसँगको बैठकमा यस्तो निर्णय गरेको साउथ चाइना मर्निङ पोस्टले जानकारी दिएको छ ।
‘हामीले बेल्ट एण्ड रोड इनिसिएटिभ निर्माणको अखण्डतालाई बलियो बनाउनु पर्छ र भ्रष्टाचार विरुद्धको कडा र लामो लडाई जित्नको लागि बलियो समर्थन र दृढ ग्यारेन्टी प्रदान गर्न भ्रष्टाचार विरुद्ध उच्च दबाव अडानलाई सुदृढ पार्नु पर्छ,’ सीसीडीआईले बैठक पछि जानकारी दिदैँ भनेको छ ।
पार्टीद्वारा सञ्चालित पिपुल्स डेलीका अनुसार बिआरआइ परियोजनालाइ भ्रष्टचारमुक्त बनाउने सीसीडीआईको योजनालाई कार्यान्वयन गर्ने प्रयास स्वरूप धेरै महिना पछि दोस्रो रिपोर्ट बाहिर आएको हो ।
गत महिना सीसीडीआईको वार्षिक प्रतिवेदनले बीआरआईसँग सम्बन्धित भ्रष्टाचार विरुद्ध लड्ने र सन २०२४ को लागि सीसीडीआईले निरीक्षणको कामलाइ प्राथमिकतामा राखेको बताएको थियो ।
विगत दश वर्षमा चीनले सो परियोजनामार्फत ट्रिलियन अमेरिकी डलर बराबर लगानी गरिएको छ, तर यसरी गरिएको लगानीमा चिनियाँ अधिकारी तथा प्राप्तकर्ता देशका कर्मचारीको मिलोमतोमा भ्रष्टचार भएको प्रारम्भिक अनुसन्धानवाट खुलेको जनाइएको छ ।
अघिल्लो घोषणा अनुसार बीआरआईसँग सम्बन्धित विवादका सबै मुद्दा चीनमा स्थापित न्यायिक निकायबाट सञ्चालन हुनेछन् । बिआरआई परियोजनामा भ्रष्टाचार विरोधी अभियानको लागि सिसिडिआइ योजनाहरू विशेष गरी साना र मझौला देशहरूमा भ्रष्टाचार र उच्च प्रोफाइल परियोजनाको अव्यवस्थापनको आरोपको बीचमा आउँछन्, जसले गर्दा धेरै एशियाई र अफ्रिकी देशलाई ठूलो ऋणको जालमा फस्न गएको छ ।
भ्रष्टचार गरेका कारण साे परियाेजनाकाे अन्तराष्ट्रिय बेइज्जत हुन गएकाे चीनकाे बुझाइ रहेकाे छ, जसकाकारण साे परियाेजनामा अनियमितता र भ्रष्टचार गर्नेलाइ दण्डित गर्ने याेजना स्वरूप विश्वब्यापी खाेजी गर्न लागिएकाे चाइना मर्निङ पाेष्टले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: