Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

डुङ्गा डुबेपछि इन्डोनेसियाको समुद्रमा फसेका ६९ रोहिङ्ग्या शरणार्थीको उद्धार

खबरडबली संवाददाता

एजेन्सी । इन्डोनेसियाको समुद्रमा डुङ्गा डुबेपछि साम्द्रिक किनारामा बस्दै आएका ६९ रोहिङ्ग्या शरणार्थीको इन्डोनेसियाली अधिकारीहरूले उद्धार गरेका छन् । 

हप्तौँको सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक क्षेत्रमा पुगेका करिब १५० रोहिङ्ग्या शरणार्थी सवार रहेको अनुमान गरिएकोे काठको डुङ्गा बुधबार पल्टिएपछि उद्धारको लागि गएको अर्को डुङ्गा पनि दुर्घटना भएको बताइएको छ ।

पश्चिमी आचेह प्रान्तको तटमा रोहिङ्ग्याको समूह अफ्ठेरोमा परेको देखेपछि उद्धारकर्ताहरूले उनीहरूलाई बचाउनका लागि कठिन सङ्घर्ष गर्नुपरेको थियो । अत्यधिक उत्पीडनमा परेका म्यान्माका अधिकांश मुस्लिम रोहिङ्ग्याहरूले हरेक वर्ष लामो र महँगो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा राखेर हजारौँको सङ्ख्यामा मलेशिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् ।

इन्डोनेसियाली उद्धारकर्मीले ४२ पुरुष, १८ महिला र नौ बालबालिका गरी ६९ जनाको उद्धार गरेको बान्दा आचेह खोज तथा उद्धार एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एएफपीलाई प्राप्त भएको फुटेजमा स्थानीय खोज तथा उद्धार निकायले पुरुष, महिला र बालबालिकालाई सुरक्षित स्थानमा लगेको देखिएको छ ।

“म १५ दिनदेखि समुद्रमा थिएँ तर यहाँ अरू त्यो भन्दा लामो (एक महिनाभन्दा बढी ) समयदेखि फसेका छन्,” इन्डोनेसियामा आफ्नो नाम ‘दोस्तगियोर’ बताउने २७ वर्षीय व्यक्तिले बताए । 

आफू बङ्गलादेशको कक्स बजारबाट यात्रा सुरू गरेको बताउने उनिसँगै धेरै रोहिङ्ग्या उत्पीडनबाट भागेर विभिन्न देशका शिविरमा गएको उनले बताए । उनले भने, “मलाई इन्डोनेसिया लैजान सक्ने एक व्यक्तिलाई मैले बङ्गलादेशमा भेटेँ । इन्डोनेसिया पुग्नुको मेरो लक्ष्य भनेको मलाई मलेसिया लैजानका लागि कसैलाई त्यहाँ पैसा तिर्नु हो । एकपटक मलेसिया पुगेपछि म अरू कसैलाई पैसा तिरेर मलेसिया प्रवेश गराउने योजना त्यो व्यक्ति (दलाल) ले मलाई सुनाएको थियो ।” 

पश्चिम आसेह मछुवा समुदायका महासचिव पवन्गा अमिरुद्दिनले बुधबार भने, “अन्य शरणार्थीले आफू म्यानमारबाट आएको र थाइल्याण्ड पुग्ने प्रयास गरेको तर अस्वीकार गरिएको बताएका छन् ।” संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका सुरक्षा सहयोगी फैजल रहमानले उद्धार गरिएका हरूको ‘स्पष्ट र ठोस तथ्याङ्क’ प्राप्त गर्न उद्धार टोली बस्तीमा फर्किने प्रतिक्षामा रहेको बताए । 

बुधबार पल्टेको सोही डुङ्गाबाट छ जना रोहिङ्ग्यालाई मछुवाले तत्काल उद्धार गरेका थिए । तीमध्ये एक पिडितले दर्जनौं शरणार्थीलाई बाढीले बगाएको र बेपत्ता भएको वा मृत्यु भएको आशङ्का गरिएको घटनामा परेका जीवित शरणार्थीलाई उद्धृत गर्दै उद्धारकर्मीले बताए ।

डुङ्गाले १५१ जनालाई लगेको बताउने एक शरणार्थीको भनाइलाई आधार मान्दै रहमानले भने, “डुङ्गा दुर्घटनापछि करिब ५० जना हराइरहेका छन् र उनीको मृत्यु भएको हुन सक्छ,” रहमानले भने । उनले थपे, “धेरै मानिसहरूको जीवन बचाउन सक्दो प्रयास गर्न सकियोस् भनी हामी अझै पनि सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरिरहेका छौं ।” 

स्थानीय प्रहरी र क्षेत्रीय सरकारले टिप्पणीका लागि गरिएको अनुरोधमा आफूहरू यसका लागि तोकिएको आधिकारिक अधिकारी नभएकाले केही बताउन नसक्ने बताए । युएनएचसीआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् । सयौं मानिस आश्रयस्थलमा बसिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार सन् २०१५ यता मुस्लिम बहुल इन्डोनेसियामा पुगेका आप्रबासीको सबैभन्दा ठूलो सङ्ख्या हो । हालैका महिनाहरूमा आचेहमा अवतरण गर्ने केही रोहिङ्ग्या समुदायप्रतिको समवेदना घटेको र डुङ्गाहरूलाई समुद्रमा फिर्ता पठाउन थालिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending