Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

डुङ्गा डुबेपछि इन्डोनेसियाको समुद्रमा फसेका ६९ रोहिङ्ग्या शरणार्थीको उद्धार

खबरडबली संवाददाता

एजेन्सी । इन्डोनेसियाको समुद्रमा डुङ्गा डुबेपछि साम्द्रिक किनारामा बस्दै आएका ६९ रोहिङ्ग्या शरणार्थीको इन्डोनेसियाली अधिकारीहरूले उद्धार गरेका छन् । 

हप्तौँको सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक क्षेत्रमा पुगेका करिब १५० रोहिङ्ग्या शरणार्थी सवार रहेको अनुमान गरिएकोे काठको डुङ्गा बुधबार पल्टिएपछि उद्धारको लागि गएको अर्को डुङ्गा पनि दुर्घटना भएको बताइएको छ ।

पश्चिमी आचेह प्रान्तको तटमा रोहिङ्ग्याको समूह अफ्ठेरोमा परेको देखेपछि उद्धारकर्ताहरूले उनीहरूलाई बचाउनका लागि कठिन सङ्घर्ष गर्नुपरेको थियो । अत्यधिक उत्पीडनमा परेका म्यान्माका अधिकांश मुस्लिम रोहिङ्ग्याहरूले हरेक वर्ष लामो र महँगो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा राखेर हजारौँको सङ्ख्यामा मलेशिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् ।

इन्डोनेसियाली उद्धारकर्मीले ४२ पुरुष, १८ महिला र नौ बालबालिका गरी ६९ जनाको उद्धार गरेको बान्दा आचेह खोज तथा उद्धार एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एएफपीलाई प्राप्त भएको फुटेजमा स्थानीय खोज तथा उद्धार निकायले पुरुष, महिला र बालबालिकालाई सुरक्षित स्थानमा लगेको देखिएको छ ।

“म १५ दिनदेखि समुद्रमा थिएँ तर यहाँ अरू त्यो भन्दा लामो (एक महिनाभन्दा बढी ) समयदेखि फसेका छन्,” इन्डोनेसियामा आफ्नो नाम ‘दोस्तगियोर’ बताउने २७ वर्षीय व्यक्तिले बताए । 

आफू बङ्गलादेशको कक्स बजारबाट यात्रा सुरू गरेको बताउने उनिसँगै धेरै रोहिङ्ग्या उत्पीडनबाट भागेर विभिन्न देशका शिविरमा गएको उनले बताए । उनले भने, “मलाई इन्डोनेसिया लैजान सक्ने एक व्यक्तिलाई मैले बङ्गलादेशमा भेटेँ । इन्डोनेसिया पुग्नुको मेरो लक्ष्य भनेको मलाई मलेसिया लैजानका लागि कसैलाई त्यहाँ पैसा तिर्नु हो । एकपटक मलेसिया पुगेपछि म अरू कसैलाई पैसा तिरेर मलेसिया प्रवेश गराउने योजना त्यो व्यक्ति (दलाल) ले मलाई सुनाएको थियो ।” 

पश्चिम आसेह मछुवा समुदायका महासचिव पवन्गा अमिरुद्दिनले बुधबार भने, “अन्य शरणार्थीले आफू म्यानमारबाट आएको र थाइल्याण्ड पुग्ने प्रयास गरेको तर अस्वीकार गरिएको बताएका छन् ।” संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका सुरक्षा सहयोगी फैजल रहमानले उद्धार गरिएका हरूको ‘स्पष्ट र ठोस तथ्याङ्क’ प्राप्त गर्न उद्धार टोली बस्तीमा फर्किने प्रतिक्षामा रहेको बताए । 

बुधबार पल्टेको सोही डुङ्गाबाट छ जना रोहिङ्ग्यालाई मछुवाले तत्काल उद्धार गरेका थिए । तीमध्ये एक पिडितले दर्जनौं शरणार्थीलाई बाढीले बगाएको र बेपत्ता भएको वा मृत्यु भएको आशङ्का गरिएको घटनामा परेका जीवित शरणार्थीलाई उद्धृत गर्दै उद्धारकर्मीले बताए ।

डुङ्गाले १५१ जनालाई लगेको बताउने एक शरणार्थीको भनाइलाई आधार मान्दै रहमानले भने, “डुङ्गा दुर्घटनापछि करिब ५० जना हराइरहेका छन् र उनीको मृत्यु भएको हुन सक्छ,” रहमानले भने । उनले थपे, “धेरै मानिसहरूको जीवन बचाउन सक्दो प्रयास गर्न सकियोस् भनी हामी अझै पनि सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरिरहेका छौं ।” 

स्थानीय प्रहरी र क्षेत्रीय सरकारले टिप्पणीका लागि गरिएको अनुरोधमा आफूहरू यसका लागि तोकिएको आधिकारिक अधिकारी नभएकाले केही बताउन नसक्ने बताए । युएनएचसीआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् । सयौं मानिस आश्रयस्थलमा बसिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार सन् २०१५ यता मुस्लिम बहुल इन्डोनेसियामा पुगेका आप्रबासीको सबैभन्दा ठूलो सङ्ख्या हो । हालैका महिनाहरूमा आचेहमा अवतरण गर्ने केही रोहिङ्ग्या समुदायप्रतिको समवेदना घटेको र डुङ्गाहरूलाई समुद्रमा फिर्ता पठाउन थालिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE