Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सिरहा मालपोत कार्यलय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ब्रहम्लुट

खबरडबली संवाददाता

सिरहा । सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले  सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो ।

मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसंग मालपोत कार्यालयमा हुने हरेक काममा प्रति फाईल संघको नाममा  ३५ सय रुपैयाँ दस्तुर लिएपनि फाँटबाला र हाकिम मिलाउने नाममा विना रसिद रकम असुली गर्ने गरेको सेवाग्राहिहरु बताउँछन् ।

मालपोत कार्यालयमा हुने जग्गा रेजिस्ट्रेसन, जग्गा रोका, फुकुवा, अंशवण्डा लगायतको कागज लेखत तथा कागजात मिलाउन र फाट खर्चको नाममा सेवाग्राहीसंग मनोमानी रकम असुल्ने गरेको गोलवजार- १० का सेवाग्राही चन्देश्वर ठाकुरले जनाएको छ ।

उनले भने, ‘गत  फागुन २७ गते जग्गा पास गराउँन गएको थिए । मलपोत कार्यालयको गेट मै बस्ने सत्रुधन यादवले म काम गराईदिन्छु, कार्यालयमा मेरो राम्रो चिनजान छ, भन्दै कागज तयार गर्यो । लेखापढी व्यवसायी यादवले संघमा गएर ३५ सयको रसिद कटाउन भन्यो । हामीले ३६ सय रुपैँया तिरेर आएपनि केही कारण वस मैले लिएको जग्गा पास भएन । काम नभएपछि म लेखापढी व्यवसाय संघमा गए हाम्रो काम भएन अब हुदैँन मेरो पैसा फिर्ता गरिदिनु भने । संघमा काम गर्ने कर्मचारीले भन्यो रसिद काटिसकेपछि रकम फिर्ता हुदैँन, यो सवै रेर्कड फाँटमा गइसकेको हुन्छ ।’

‘अब रकम फिर्ता गरे भने मेरो खल्तीवाट फाँटको कर्मचारी र लेखापढी व्यवसायीलाई रकम तिर्नु पर्छ । त्यसैले यो रकम फिर्ता हुदैन भन्दै मलाई फर्काइयो; ठाकुरले भने,`‘मेरो काम पनि भएन पैसापनि त्यतिकै डुव्यो ।’

मालपोत कार्यालयमा ठाकुरजस्ता सयाैँ सेवाग्राहीहरु दैनिक यसरी नै ठगिने गरेको छ । काम भनएपनि रकम फिर्ता नहुने र काम हुनेको पनि विभिन्न नाममा अनाधिकृत रकम असुलि हुने गरेको सेवाग्राहीहरु बताउँछन् ।

मालपोतमा काम गराउन अन्य कार्यालयका कर्मचारी कुनै काम गराउन जादा यो नियति भोग्न बाध्य हुने गरेको बताउँछन् । जमिन पास गराउन पुगेका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मालपोत कार्यालयमा जस्तो सुकै व्यक्ति पुगेपनि त्यहाँका कर्मचारी र लेखापढी व्यवसायीहरुले रकम नलिई फाईल अगाडी नै बढाउँदैन । त्यहाँ अब म फलानो हुँ भन्न पनि लाजमर्दो अवस्था हुन्छ ।’

उनले थपे, ‘राज्यले तोकेको सरकारी दस्तुर र लेखापढी व्यवसायीहरुले लिने दस्तुर तिरिसक्दा पनि अनलाइनको नाममा, रजिस्ट्रेशन फाटबालाको नाममा,  प्रती  कार्यालय प्रमुखको नाममा प्रतिफाईल ३ हजार देखि ५ हजार सम्म घुस दिन बाध्य बनाउने गर्छ ।’

सेवाग्राहीहरुले बुझेर पनि अनबुझु झै घुस दिएर काम गराउने गरेको ती सेवाग्राहीले बताए । हुन त देशभरीकै मालपोत कार्यालय ‘नाम ले नै बदनाम छ’ तर, सिरहा त्यसमा पनि विशेष रहेको सेवाग्राही बताउँछन् । 

यहाँ कोही सेवाग्राही आफै फाइल लिएर कार्यालय पुग्दा यो काजग पुगेन, त्यो कागज पुगेन भनेर हप्तौं फर्काउँछन् । तर, त्यहि कागज लेखापढी व्यवसायीले लगे तुरुन्तै हुने गरेको छ ।

यस कार्यालयमा जग्गा पास गर्दा, रोक्का, फूकुवा, अंशवण्डाजस्ता सवै कामको छुट्टाछुट्टै रेट निर्धारण गरिएको छ । त्यसरी निर्धारण गरिएको रकम लेखापढी व्यवसायीको माध्यमबाट  कार्यालयका फाटबालादेखि हाकिमसम्म पुग्ने गरेको लेखापढी व्यवसायीहरु नै बताउँछन् ।

मालपोत कार्यालय एउटा यस्तो अड्डा हो जहाँ दैनिक लाखौंको कारोवार हुन्छ । दैनिक करिव ५० औं जना सेवाग्राही ठगिने गरिन्छ । सवै नियमक निकायको अड्डा जिल्लामा हुँदा हुँदैपनि यहाँ दैनिक सेवाग्राहि ठगिने गरेको छ । यहाँको नियामक निकायको मौनताले थप आशंका उब्जेको जानकारहरु बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE