जनकपुरधाम । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संसद्को बाँकी अवधिसम्म वर्तमान गठबन्धनले मिलेरै काम गर्ने बताएका छन् ।
जनकपुधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री महासेठले प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए । नेपाल कम्यनिष्ट (एमाले)ले चार वर्ष तीन महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्न पाएको भन्दै उनले प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु निर्देशन दिएकाे आफू त्यसमा कटिबद्ध भएर लाग्नेसमेत बताए ।
“भौतिक पूर्वाधारको विकासविना देश समृद्धितर्फ जानसक्दैन । त्यसैले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विषयहरूमा काम गर्नु हो । त्यसर्थ हुलाकी सडकदेखि पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति र अन्य मार्ग, पुलपुलेसा तथा सडक समयमै बनाउन हामी लाग्छौँ”, उपप्रधानमन्त्री महासेठले भने ।
त्यसैगरी धनुषामा अधुरा रहेका सडक, पुल पुलेसा र अन्य विकास निर्माणका काम आफ्नै पालामा सम्पन्न गर्नेगरी काम गर्ने पनि महासेठको भनाइ थियो ।
एमाले—कांग्रेसबीच सहकार्यका विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा महासेठले वर्तमान सरकारले बाँकी अवधिसम्म सहकार्य गर्ने र प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग पनि सहकार्यको भावनाका साथ अगाडि बढ्ने बताए । “यो सरकार बाँकी अवधिसम्म चल्छ । प्रमुख प्रतिपक्षी भन्नुको अर्थ कांग्रेस ‘वेटिङ गभर्मेन्ट’ समेत भएकाले उसँग प्रतिपक्षमा होस् वा सरकारमा जहाँ भए पनि सहकार्य त हुन्छ नै, जो अहिले भइरहेको छ”, महासेठले भने ।
उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका विषयमा कांग्रेसले उठाएको प्रश्न आफ्नो कित्तामा नउभिएपछिको अवस्था भएको प्रतिक्रिया दिए । महासेठले सो विषय छलफल र अनुसन्धानकै अवस्थामा रहेकाले दोषी देखिए कसैले पनि सरकारमा बस्न नसक्ने धारणा राखे ।
त्यस्तै, मधेस सरकारसहित सातवटै प्रदेश सरकार पुनःगठनका विषयमा गठबन्धन दलबीच छलफल चलिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताए । नेकपा (एमाले) को तर्फबाट नेतृत्व गर्दै सरकारमा गएपछि पहिलोपटक गृहजिल्ला धनुषा आउनेक्रममा महासेठलाई नेता तथा कार्यकर्ताले जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
समर्थक, नेता तथा कार्यकर्ताहरूले मैथिली परम्परामा शुभ मानिने माछा र दहीको भारसहित स्वागत गरेका थिए । नेकपा (एमाले) जनकपुरधाम उपमहानगर कमिटीले उनलाई तीन सय ११ किलो माला लगाएर सम्मानसमेत गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...
पौष ३ गते, २०८२ - १८:११
धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...
पौष ३ गते, २०८२ - १८:०४
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...
पौष ३ गते, २०८२ - १७:५३
खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...
पौष ३ गते, २०८२ - १७:५१
नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...
पौष ३ गते, २०८२ - १७:४८
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...
पौष ३ गते, २०८२ - १७:४७
नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...
पौष ३ गते, २०८२ - १७:४५
नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...
पौष ३ गते, २०८२ - १७:४२
काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...
पौष ३ गते, २०८२ - १७:४०
काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...




प्रतिकृया लेख्नुहोस्: