बाँके । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको जिल्ला कमिटी बैठकलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै उनले विगतमा अलपत्र परेका खानेपानी योजनालाई सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्याउने योजनाका साथ आफू अगाडि बढेको उल्लेख गरे ।
“विगतमा योजना धेरै बनेका छन् तर सम्पन्न हुनसकेका छैनन्, त्यस्ता योजनालाई सम्पन्न गर्न मैले चासो दिएको छु”, मन्त्री राईले भने, “जनतालाई पर्याप्तरूपमा खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध भएर लागेको छ ।”
मन्त्री राईले पानी व्यक्ति–व्यक्तिको खुसी र समृद्धिसँग जोडिएको बताउँदै जनतालाई पर्याप्त पानी पुर्याउन स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गरिने उल्लेख गरे । उनले पानी गुणस्तरीय, पर्याप्त र पहुँचयोग्य हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा बाँकेमा अलपत्र परेका खानेपानी आयोजनालाई बेलैमा सम्पन्न गरी नेपालगञ्ज, कोहलपुर सहरलगायतका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीको पहुँचका लागि मन्त्री राईको ध्यानाकर्षण गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
यसैबीच एमाले बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी २०८१ जेठ २ र ३ गते नेपालगञ्जमा हुने भएको छ । जिल्ला कमिटीको बिहीबार बसेको बैठकले अधिवेशन मिति तय गरेको अध्यक्ष कक्षपतिले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: