कञ्चनपुर । महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा (र्याफ्टिङ) सुरु गरिएको छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्याफ्टिङ सञ्चालन गरिएको हो ।
भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा र्याफ्टिङ गरिएको हो । उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य रहेको छ ।
परशुरामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्मको लगभग तीन घण्टाको जलयात्रामा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीलगायतको टोली सहभागी थियो ।
त्यस्तै कञ्चनपुरको खल्ला मसेट्टीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भीमदत्तका नगरप्रमुख पदम बोगटीलगायत नाराका अध्यक्ष शिव अधिकारी, पर्यटन व्यवसायीलगायत करिब तीन सय जनाले र्याफ्टिङ गरेका थिए ।
उक्त कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री शाहले महाकाली र्याफ्टिङलाई दिगो बनाउन लागिपर्ने उल्लेख गर्दै यसले सुदूरपश्चिमको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार तथा यस क्षेत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार लागिपर्ने बताए ।
नाराका अध्यक्ष अधिकारीले र्याफ्टिङ सञ्चालन भएसँगै स्थानीयलाई तालिम दिई रोजगार सृजना गर्न सहयोग गर्ने बताए । उनले भने, “महाकालीमा विगतमा जल यात्रा सुरु भए पनि चलेको थिएन । अब यहाँ व्यावसायिक रुपमा जलयात्रालाई निरन्तरता दिन्छौँ ।” अध्यक्ष अधिकारीले महाकालीमा सञ्चालित जलयात्राले पर्यटन विकासका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: