Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

होली र सेतो पहिरन

खबरडबली संवाददाता

काठमाडौं । ‘होलीले मेरो रङ्गायो नयाँ चोली...’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन् ।

बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको घुइँचो छ । यही चैत ११ गते आइतबार परेको होली पर्वका लागि टिसर्ट किन्न बानेश्वर आउनुभएकी विमला कोइरालाले घरका सानादेखि ठूलालाई मिल्ने टिसर्ट रोजे । उनले भर्खरै छ महिना भएकी काखे छोरीका लागि मिल्ने होली टिसर्ट खोज्दै थिए । “सबैलाई हुने किसिमका पाए पनि सानी छोरीलाई हुने भेटाइन”, कोइरालाले भने, “टिसर्ट लाएपछि मात्रै होली आएको अनुभूति हुन्छ ।” 

भृकुटीमण्डलको कपडा बजार होलीका पहिरनले भरिभराउँछ । युवा पुस्ताले टिसर्ट नै मन पराउँछन् भने बुढापाकाले कुर्था रोज्ने गरेका व्यापारी अशोक भट्टराईले बताए । प्रत्येक होली पर्वमा सेता पहिरन बेचेर प्रशस्त आम्दानी गर्न सकिने उनको भनाइ छ ।

कक्षा ११ मा पढ्दै गरेकी कोटेश्वरकी ममता चाम्लिङको मन पर्ने पर्व हो, होली । हाफ जिन्समा टिसर्ट लगाएर साथीसङ्गीहरुसँग रङ्गीन, रङ दल्न र नाचगान गर्न उनि निकै रुचाउँछिन् । अरू बेला बोल्दै नबोल्ने साथी होलीमा खुसी हुँदै रङ लगाउन आउने भएकाले यो पर्व विशेष र रमाइलो लाग्ने चाम्लिङले बताइन् । उनले भनिन्, “रङ खेल्दा नयाँ साथी बनाउने मौका पनि मिल्छ ।”

बबरमहल बस्ने २४ वर्षीया आयुष्मा साहको स्थायी घर सिराह हो । तराईमा होली सोमबार परेकाले उनले यो पर्व मनाउन घर जान लागेको सुनाए । घरमा सकेसम्म छोरीले कुर्था नै लगाउने चलन रहेकाले टिसर्टको विकल्पमा सेतो कुर्था किन्ने उनले बताए । “काठमाडौँमा टिसर्ट बढी किन्छन् । हामी कुर्था रोज्छौँ । उता अलि सस्तो पर्ने भएकाले घरबाटै किनिदिनुहुन्छ”, उनले भने । 

बागबजारका कपडा व्यापारी भुवन क्षेत्रीले होली लक्षित टिसर्ट प्रिन्टको माग अत्यधिक बढेको बताए । एक सातामा दैनिक तीनदेखि चार हजार होली लेखिएका टिसर्ट प्रिन्ट गर्ने गरिएको उनको भनाइ छ । “माग अनुसारको अझै उत्पादन गर्न सकेका छैनौँ”, भुवनले भने, “होलीको दिनसम्म यस्ता सेता टिसर्टको मागसँगै व्यापार हुन्छ ।” नेवारी, तामाङ, अङ्ग्रेजी, नेपालीलगायत भाषामा अक्षर तथा सङ्केत टिसर्टमा प्रिन्ट गर्ने गरेको उनले बताए । “नेवार संस्कृति झल्किने र ‘हेप्पी होली’ लेखिएका टिसर्ट खोज्दै धेरै आउनुहुन्छ”, उनले भने, “सकेसम्म सबैको चित्त बुझाएर बजारमा सामान पठाउने गरेका छौँ ।”

होली र पहिरनको मनोविज्ञान कहाबाट आयो ? 

होली र पहिरनको मनोविज्ञान कहाँबाट आयो भन्ने ठ्याक्कै भन्न नसकिए पनि पछिल्लो पुस्ता सेतो कपडामा रङ्गीविरङ्गी रङ पोख्न रुची राख्छन् । संस्कृतिविद् धिरेन्द्र प्रेमर्षिले होलीमा सेतो कपडा खोज्नु भनेको चित्र र क्यानभाससँगको भाव समेटिएको बताए । “जसरी कुनै सेतो क्यानभासमा अनेक रङका आकृति खुल्छन्, उसैगरि होलीमा सेतो पहिरनले रङ भर्न सहज हुन्छ । यसका लागि नयाँ टिसर्ट वा कुर्था नै चाहिन्छ भन्ने चाहि छैन”, उनले भने । 

नयाँ नै खोज्नु भनेको पूँजीवाद समाजको प्रभाव रहेको प्रेमर्षिको बुझाइ छ । बाल्यकालको सम्झना गर्दै उनले भने, “हामी सानो छँदा नयाँ लुगामा रङ्ग लाग्छ भनेर होलीमा फाटेका र पुराना लुगा लगाउथ्यौँ ।” अहिले समाज चाहिनेभन्दा बढी देखासिखीमा रमोलिएको उनको भनाइ छ ।

सेतो रङको लुगामा होली खेलिनु ठिकै हो भन्दै नयाँ खरिद गर्नैपर्ने बाध्यकारी संस्कृति हुन नहुने प्रेमर्षिले बताए । पछिल्लो समय चलचित्रहरुले होलीमा सेतो पहिरन नै लगाउनुपर्छ भन्नेतर्फ प्रोत्साहन दिएको उनको धारणा छ । 

होली पर्व अर्को अर्थमा रङहरुको समानता र एकताको प्रतीक समेत रहेको प्रेमर्षिले बताए । “होली पर्वले रङमा समानता महसुस गराउँछ”, उनले भने । 

होली पर्वका बारेमा थुप्रै मिथक छन् । हिन्दु धार्मिक कथनअनुसार युवा अवस्थाका चुलबुली कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागादौड भएछ । 

यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्त छ । अर्को कथन विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE