काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा जिल्लाका कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिमा नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उनले झापा कांग्रेसको सङ्गठन निर्माणमा बुढाथोकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै झापा कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
“झापामा बुढाथोकीको जनस्तरमा राम्रो सम्बन्ध थियो, उहाँमा सबैलाई समेटेर लैजाने क्षमता थियो, जसका कारण विस २०६४ सालको संविधानसभा निर्वाचनमा झापाका सबै क्षेत्रमा कांग्रेस पराजित हुँदा पनि उहाँ विजयी हुनुभएको थियो”, उनले भने ।
महामन्त्री थापाले आफ्नो पिता नहिँडेको राजनीतिक बाटोमा हिँडेका स्वर्गीय बुढाथोकीले समाजलाई सङ्गठित रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे “स्वर्गीय बुढाथोकीमा खुला सम्बन्ध, कार्यकर्ताको काम गर्न रुचाउने, मनमा जे लाग्यो त्यही गर्ने, हक्की र आँटिलोपन थियो, जसका कारण उहाँ झापा कांग्रेस र सिङ्गो पार्टीभित्र सबैले रुचाइएको व्यक्ति हुनुहुन्थ्यो”, उनले भने ।
फरक प्रसङ्मा उनले नेपाली राजनीतिमा गठबन्धन परिवर्तन हुँदा राजनीतिक सङ्कट निम्तियो भनेर आत्तिन नहुने धारणा राखे । महामन्त्री शर्माले संसद्मा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको भन्दै राजनीति सुधार गर्छु भन्ने दलले नै आरोप व्यक्ति नै अनुसन्धान गर्ने निकायमा पठाउँदा आम जनतामा शङ्का उत्पन्न भएको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य महेन्द्र सुब्बा लिम्बुले स्वर्गीय बुढाथोकी झापामात्र नभई सिङ्गो मुलुकको नेता भएको बताए । उनले बुढाथोकीको योगदानलाई अगाडि बढाउन झापा कांग्रेस र सिङ्गो पार्टी लाग्नुपर्ने उल्लेख गरे ।
नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले बुढाथोकी विकासप्रेमी र निडर नेता भएको बताए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले बुढाथोकीमा कसैलाई अन्याय भएको देख्न नसक्ने विशेषता भएको व्यक्तिका रुपमा स्मरण गरे ।
नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिका सभापति दीपक उप्रेतीले बुढाथोकी झापामात्र नभई मुलुककै अभिभावक भएको बताए । विस २००१ मा जन्मेका बुढाथोकीको विस २०८० माघ २२ गते ७९ वर्षको उमेरमा निधन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: