Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

इजरायलको रफाह आक्रमणसम्बन्धी प्रतिवद्धतापछि संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा गाजा भ्रमण गर्ने

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार गाजासँगको इजिप्टको सिमानाको भ्रमण गर्ने अपेक्षा गरिएको छ । महासचिव गुटेरेसको यो योजना इजरायलले अमेरिकाको समर्थन बिना पनि नजिकैको शहर रफाहमा हमाससँग लड्न आफ्नो सेना पठाउने बताएपछि बनेको हो । 

भ्रमणको क्रममा, गुटेर्रेसको मानवीय युद्धविरामको आह्वान दोहोर्‍याउने योजना छ ।  नयाँ अन्तर्राष्ट्रिय दबाबले गाजाको अधिकांश जनसङ्ख्याले शरण लिएको रफाहमा अहिलेसम्म इजरायललाई नियोजित स्थल आक्रमणबाट रोक्न सफल भएको छ । 

यस्तो कारबाहीले व्यापक नागरिक हताहत हुने र क्षेत्रमा व्याप्त मानवीय सङ्कटलाई अझ बिगार्ने चेतावनीको बावजुद, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई अगाडि बढाउने बताए । 

संयुक्त राज्य अमेरिकाको समर्थनमा त्यसो गर्ने आशा ब्यक्त गर्दे आवश्यकताको आधारमा एक्लै लडाँइ गर्ने शुक्रबार इजरायल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग नेतान्याहूले बताए । 

लगभग पाँच महिनाको लडाइँ रोक्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन् । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म प्यालेस्टिनी क्षेत्रमा ३२ हजार ७०  जनाको मृत्यु भएको र संयुक्त राष्ट्र सङ्घले आसन्न अनिकालको चेतावनी दिएको छ ।

“यो मानव निर्मित प्रकोप भएको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लजारिनीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । उनले युद्धविराम र गाजामा खाद्यान्न आपूर्ति जीवन बचाउने सामानको एक मात्र समाधान भएको बताए । 

“तत्काल युद्धविराममा सुरक्षा परिषद्को प्रस्तावको लागि पछिल्लो प्रयास शुक्रबार असफल भयो ।  चीन र रूसले अमेरिकी प्रस्तावलाई भिटो गरेका छन् भने यस सन्दर्भमा अरब सरकारहरूले असन्तुष्टि जनाएका छन् । 

कूटनीतिक स्रोतहरूले सुरुमा शनिबारका लागि मतदानको योजना गरिएको कडा युद्धविराम प्रस्तावमा मतदान गर्न थप छलफलको लागिसोमबारसम्म स्थगित गरिनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE