Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

क्रिमियास्थित दुई रूसी जहाजमाथि युक्रेनद्वारा आक्रमण

खबरडबली संवाददाता

एजेन्सी । क्रिमियाली क्षेत्रमा तैनाथ दुई रूसी सैन्य जहाजमाथि आइतबार राति आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

सञ्चार केन्द्र र ब्ल्याक सी क्षेत्रका धेरै पूर्वाधारहरूमा सफलतापूर्वक प्रहार गरेको समुद्र, जमिन र आकाशमा आक्रमण गर्न रूसी सेनालाई सघाउने जहाज ‘यामाल’ र ‘अजोभ’ लाई आक्रमण गरेको युक्रेनी सशस्त्र बलको रणनीतिक सञ्चार केन्द्रले आइतबार जनाएको छ ।

रूसले सन् २०१४ मा कब्जा गरेको उक्त प्रायद्वीपमा शनिबार राति युक्रेनको ठूलो हवाई आक्रमणलाई आफ्नो सेनाले प्रतिकार गरेको मस्कोस्थित रूसी अधिकारीहरूले बताएका छन् । रूसले नियुक्त गरेको सेवस्तोपोलका गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्रामपोस्टमा लेखेका छन्, “यो पछिल्लो समयको सबैभन्दा ठूलो आक्रमण हो ।”

उनका अनुसार आक्रमणका क्रममा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । उनले रूसी युद्धपोतमा कुनै क्षति भएको वा नभएको भन्ने बिषयमा केही बताए । सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा शहरमा ठूलो विष्फोट भएको, आगोको गोला र कालो धुवाँको मुस्लो हावामा उडिरहेको र रूसी हवाई प्रतिरक्षाले भित्रिने प्रक्षेपणलाई रोकेको देखिएको छ ।

युक्रेनले युद्ध सुरु भएदेखि नै रूसको ‘ब्ल्याक सी’ क्षेत्रको करिब एक तिहाइ भाग नष्ट गरेको दाबी गर्दै आएको छ ।
भूउपग्रहबाट प्राप्त तस्वीरमा रूसले आफ्ना अधिकांश जहाजलाई पूर्वतर्फ नोभोरोसिस्क बन्दरगाहमा सारेको देखिएको छ । मस्कोले हालै आफ्नो नौसेना प्रमुखलाई हटाएको छ ।

युक्रेनको राजधानी किएभ र पश्चिमी क्षेत्र एल्भिभमा पनि आइतबार बिहानै रूसी हवाई आक्रमण भएको अधिकारीहरूले बताएका छन् । युक्रेनको वायु सेनाका अनुसार रूसले आफ्नो भूमिमा २९ वटा क्रुज क्षेप्यास्त्र र २८ वटा ड्रोन प्रहार गरेको छ । उसले १८ वटा क्षेप्यास्त्र र २५ वटा ड्रोन खसालेको जनाएको छ ।

रूसले हालैका दिनहरूमा युक्रेनविरुद्ध आफ्नो हवाई आक्रमणलाई उल्लेखनीय रूपमा बढाएको छ, जुन उसको सीमावर्ती क्षेत्रहरूमा युक्रेनी आक्रमणको लहरको प्रतिशोध हो । मस्कोले युक्रेनको ऊर्जा क्षेत्रमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमण (करिब ९० वटा क्षेप्यास्त्र र ६० वटा ड्रोन प्रहार) गरेको थियो ।

रूसले पनि किएभलाई लक्षित गरी पुनः आक्रमण सुरु गरेको छ र फेब्रुअरीको सुरुदेखि नै यस सहरमा पहिलो पटक आक्रमण गरेको छ । युक्रेनी सैन्य प्रशासनका किएभ प्रमुख सर्गी पोप्कोले रूसले कुनै पनि हालतमा किएभलाई नष्ट गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE