एजेन्सी । अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजराइली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि शनिबार राति कतार छाड्नुभएको वार्ताबारे जानकारी दिने एक स्रोतले बताएको छ ।
“सिआइए र मोसाद प्रमुखहरू आफ्ना सम्बन्धित टोलीलाई पछिल्लो चरणको वार्ताका बारेमा जानकारी गराउन दोहाबाट प्रस्थान गर्नुभएको छ”, वार्ताको संवेदनशीलताका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भनेको छ, “वार्ता बन्धक र कैदीहरूको आदान प्रदानको विवरण र अनुपातमा केन्द्रीत थियो, प्राविधिक टोलीहरू दोहामै रहने छन् ।”
अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरू इजराइल र हमासबीच दोस्रो युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले कब्जामा लिएका बन्धकहरूलाई रिहा गर्ने प्रयासमा धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छन् ।
गत साता मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम सुनिश्चित गर्ने प्रयास असफल भएपछि पुनः वार्ता सुरु भएको एक सातापछि इजराइलले आफ्नो जासुसी एजेन्सी प्रमुखको एक सातामा दोस्रो भ्रमणका लागि दोहा फर्किने शुक्रबार बताएको थियो ।
अक्टोबर ७ मा इजराइलमाथि आक्रमणका क्रममा हमासले करिब दुई सय ५० इजराइली र विदेशी बन्धकलाई कब्जामा लिएको थियो तर नोभेम्बरमा एक साताको युद्धविराममा दर्जनौँलाई रिहा गरिएको थियो ।
इजराइलका अनुसार गाजामा करिब एक ३० जना बन्धक रहेका छन् । तिनमा आठ सैनिक र २५ सर्वसाधारण गरी कूल ३३ जनाको मृत्यु भएको विश्वास गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: