भैरहवा । रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ रामनगर स्थितमा लागूऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त प्रहरी टोलीले लागूऔषध सहित पक्राउ गरेको हो।
टोलीले निगरानी गर्दै चेकजाँच गरी ब्राउनसुगर खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ सहित रोहिणी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष १९ को अनरजित यादव, वर्ष १९ कै आशिष धोवी र सिद्धार्थनगरपालिका वडा नम्बर १ वस्ने वर्ष २९ को सहदेव हरिजन लाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ तौल गर्दा ७५ ग्राम ४१० मिलिग्राम, लु ४ ८ प ८८७ नम्वरको मोटरसाईकल र ३ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
आइतबार उनीहरूलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरी ७ म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उनले बताए । लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कासूरको मात्रा हेरी १० बर्ष देखी १५ वर्षसम्म कैद र ७५ हजार देखी २ लाखसम्म जरीवाना हुने कानुनी व्यवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: