एजेन्सी । फेब्रुअरीमा अफगानिस्तानमा ६० लाख मानिसहरूले खाद्य सहायता प्राप्त गरेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई उद्धृत गर्दै अफगानी समाचार संस्था खामा प्रेसले जनाएको छ ।
डब्लुएफपीले शनिबार अफगानिस्तानमा ६० लाखभन्दा बढी मानिसलाई नगद र खाद्यान्न सहायता उपलब्ध गराएको छ । प्रेस विज्ञप्तिअनुसार अफगानी बालबालिकालाई खाना तथा पोषण उपलब्ध गराउने आवश्यकता पुरा गर्न यो सहायता प्रदान गरिएको हो ।
केही निजी दाता र सहयोगी देशहरूको आर्थिक सहयोगमा अफगानिस्तानमा खाद्य सहायता प्रदान गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानमा आर्थिक चुनौती र मानवीय सङ्कटले खाद्य सहायताको माग बढेको सरकारी तथा गैर–सरकारी स्रोतहरूले जानकारी गराएपछि युएनडब्ल्युएफपीको सहकार्यमा सहायता प्रदान गरिएको हो ।
पछिल्लो समयमा गम्भीर मानवीय सङ्कटबीच अफगान शरणार्थीहरू पाकिस्तानबाट ठूलो संख्यामा स्वदेश फर्किरहेका छन् ।
मुलुकमा जारी द्वन्द्व र आर्थिक अस्थिरतासहित अफगानिस्तानको बिग्रँदै गएको मानवीय सङ्कटले धेरै शरणार्थीहरूलाई अनिश्चित अवस्थाको बाबजुद स्वदेश फिर्ता गर्न प्रेरित गरेको खामा प्रेसले जनाएको छ ।
शरणर्थीहरू स्वदेश फर्केसँगै उनीहरूले खाना, आश्रय र स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकताहरूमा सीमित पहुँचसहित विशाल चुनौतीहरूको सामना गरिरहेका छन् ।
शरणर्थीहरूले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो मातृभूमिमा चलिरहेको सङ्कटबीचमा अफगान शरणार्थीहरूको सुरक्षा र कल्याण सुनिश्चित गरी पुन : वास र एकीकरण प्रयासहरूलाई सहयोग पुर्याउन तत्काल सहयोग प्रदान गर्न आग्रह गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: