Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

‘म्यान्मामा राष्ट्रव्यापी निर्वाचन हुन सक्दैन्’

खबरडबली संवाददाता

एजेन्सी । सेनाले आफ्नो शासनविरुद्ध बढ्दो हिंसालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका बेला म्यान्मामा अर्को राष्ट्रव्यापी निर्वाचन गर्न सक्षम हुन नसक्ने जुन्ता प्रमुखले सोमबार प्रकाशित टिप्पणीहरूमा स्वीकार गरेका छन् । 

सन् २०२१ फेब्रुअरीमा सत्ता कब्जा गरेपछि सेनाले निर्वाचन गर्न धेरै वाचा गरेको छ तर मुलुकका धेरै हिस्सामा विरोधीहरूसँग लड्नका लागि उसले बारम्बार आपत्कालीन अवस्था विस्तार गरेको छ । 

जुन्ता प्रमुख मिन आङ ह्लाइङले अधिकारीहरूले हाल मतदाता सूचीको प्रमाणीकरणमा ध्यान केन्द्रीत गरिरहेको भन्दै शान्ति स्थापना भएपछि मात्र निर्वाचन हुनसक्ने दोहोर्याए । 

रुसको तास समाचार समितिसँगको अन्तरवार्तामा उनले भने, “राज्य शान्तिपूर्ण तथा स्थिर भएको अवस्थामा कानूनबमोजिम राष्ट्रव्यापी निर्वाचन नभए पनि हामी सम्भव भएसम्म सम्बन्धित खण्डहरूमा निर्वाचन गराउने योजनामा छौँ ।” सरकारी स्वामित्वको ग्लोबल न्यु लाइट अफ म्यान्मा अखबारमा उक्त अन्तरवार्तालाई अङ्ग्रेजीमा पुनरमुद्रित गरिएको छ । 

जनरलहरूले नोबेल पुरस्कार विजेता आङ सान सु कीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले सन् २०२० को निर्वाचनमा सानदार जित हासिल गर्ने क्रममा चुनावी धाँधलीको निराधार दाबीसहित आफ्नो सैन्य विद्रोहलाई उचित ठहर गरेका छन् । 

जुन्तासहितको निर्वाचन आयोगले गत वर्ष पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष निर्वाचन प्रणाली) लाई खारेज गरेको थियो । उक्त निर्वाचन प्रणालीअन्तर्गत एनएलडीले सानदार जित हासिल गरेको थियो । यसको स्थानमा समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीको प्रयोग गरिनेछ । 

सत्ता कब्जा गरेको तीन वर्षपछि जुन्ताले आफ्नो शासनको व्यापक सशस्त्र विद्रोहलाई दबाउन सङ्घर्ष गरिरहेको छ । सेना मुलुकको ठूला हिस्साहरूमा लोकतन्त्र समर्थक सशस्त्र समूहहरू र पुराना जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूसँग लडिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE