Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

‘म्यान्मामा राष्ट्रव्यापी निर्वाचन हुन सक्दैन्’

खबरडबली संवाददाता

एजेन्सी । सेनाले आफ्नो शासनविरुद्ध बढ्दो हिंसालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका बेला म्यान्मामा अर्को राष्ट्रव्यापी निर्वाचन गर्न सक्षम हुन नसक्ने जुन्ता प्रमुखले सोमबार प्रकाशित टिप्पणीहरूमा स्वीकार गरेका छन् । 

सन् २०२१ फेब्रुअरीमा सत्ता कब्जा गरेपछि सेनाले निर्वाचन गर्न धेरै वाचा गरेको छ तर मुलुकका धेरै हिस्सामा विरोधीहरूसँग लड्नका लागि उसले बारम्बार आपत्कालीन अवस्था विस्तार गरेको छ । 

जुन्ता प्रमुख मिन आङ ह्लाइङले अधिकारीहरूले हाल मतदाता सूचीको प्रमाणीकरणमा ध्यान केन्द्रीत गरिरहेको भन्दै शान्ति स्थापना भएपछि मात्र निर्वाचन हुनसक्ने दोहोर्याए । 

रुसको तास समाचार समितिसँगको अन्तरवार्तामा उनले भने, “राज्य शान्तिपूर्ण तथा स्थिर भएको अवस्थामा कानूनबमोजिम राष्ट्रव्यापी निर्वाचन नभए पनि हामी सम्भव भएसम्म सम्बन्धित खण्डहरूमा निर्वाचन गराउने योजनामा छौँ ।” सरकारी स्वामित्वको ग्लोबल न्यु लाइट अफ म्यान्मा अखबारमा उक्त अन्तरवार्तालाई अङ्ग्रेजीमा पुनरमुद्रित गरिएको छ । 

जनरलहरूले नोबेल पुरस्कार विजेता आङ सान सु कीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले सन् २०२० को निर्वाचनमा सानदार जित हासिल गर्ने क्रममा चुनावी धाँधलीको निराधार दाबीसहित आफ्नो सैन्य विद्रोहलाई उचित ठहर गरेका छन् । 

जुन्तासहितको निर्वाचन आयोगले गत वर्ष पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष निर्वाचन प्रणाली) लाई खारेज गरेको थियो । उक्त निर्वाचन प्रणालीअन्तर्गत एनएलडीले सानदार जित हासिल गरेको थियो । यसको स्थानमा समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीको प्रयोग गरिनेछ । 

सत्ता कब्जा गरेको तीन वर्षपछि जुन्ताले आफ्नो शासनको व्यापक सशस्त्र विद्रोहलाई दबाउन सङ्घर्ष गरिरहेको छ । सेना मुलुकको ठूला हिस्साहरूमा लोकतन्त्र समर्थक सशस्त्र समूहहरू र पुराना जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूसँग लडिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending