पोर्चुगल । राहदानी सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आइपुगेको छ ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन आइपुगेको हो । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी आइतबारबाटै राहदानी सेवा दिन शुरुआत गरेको छ ।
आइतबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका, राहदानी हराएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा बायोमेट्रिकका लागि समय लिइसकेका र पोर्चुगलमा जन्मेका बालबालिकाका गरी ५४ जनाको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क संकलन गरिएको टोलीले जनाएको छ ।
टोलीले राहदानी हराएका, क्षति भएका, २०२३ डिसेम्बर ३१ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गर्ने टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख बस्नेतले जानकारी दिइन् ।
शिविर अवधिभर दैनिक एक सय जनाका दरले सात सय जनाको विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलनको लक्ष्य रहेको बस्नेतले बताइन् । टोलीले प्राथमिकताका आधारमा जैविक तथ्याङ्क सङ्कलनका लागि आवेदकको नामावली प्रकाशित गर्ने जनाउँदै उनले सोही बमोजिम इनरोलमेन्ट सेन्टरमा उपस्थित हुन सेवाग्राही आवेदकलाई आग्रह समेत गरिन् ।
पोर्चुगलमा राहदानीबिहीन बनेका, राहदानी नभएकै कारण समस्यामा परेका र पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा बायोमेट्रिकको समय लिएका लगायत राहदानीको अत्यावश्यक परेकाका लागि तत्कालको राहतका लागि दूतावासले शिविरको ब्यबस्था गरेको हो ।
एक सातासम्म सञ्चालन हुने राहदानी सेवा शिविरमा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघ–संस्थाले समन्वय र सहजीकरण गरेका छन् ।
टोलीले आगामी मार्च ३१ सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रवाह गर्ने जनाएको छ । गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौंको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: