Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

गौतम अडानीमाथि अमेरिकाले किन लगायो १ करोड ८० लाख अमेरिकी डलरको जरिवाना ?

खबरडबली संवाददाता

काठमाडौं । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी देवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका छन् ।

अमेरिकी अदालतमा चलिरहेको बहुचर्चित मुद्दामा दोष स्वीकार नगरी गरिएको यो सहमतिलाई अडानी समूहमाथि लामो समयदेखि लाग्दै आएका वित्तीय तथा कानूनी विवादहरूको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

न्युयोर्कमा सन् २०२४ को नोभेम्बरमा दर्ता गरिएको अभियोगमा अडानी र उनका केही निकट सहयोगीमाथि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई जानाजानी भ्रममा पारेको आरोप लगाइएको थियो । अमेरिकी अभियोजकहरूले ठूलो परिमाणको घुसखोरी योजनामार्फत सौर्य ऊर्जा आपूर्ति सम्झौता हासिल गर्न भारतीय अधिकारीहरूलाई प्रभावित पार्ने प्रयास गरिएको दाबी गरेका थिए ।

अभियोगअनुसार अडानीमाथि करिब २५ करोड अमेरिकी डलर बराबरको घुस योजनामा संलग्न रहेको आरोप थियो । उक्त योजनामार्फत आकर्षक ऊर्जा सम्झौता सुरक्षित गर्न खोजिएको अमेरिकी पक्षको दाबी थियो ।

अडानी ग्रीन एनर्जीले मुम्बई स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार गौतम अडानी र उनका भतिजा सागर अडानीले संयुक्त रूपमा एक करोड ८० लाख अमेरिकी डलर बराबरको ‘नागरिक जरिवाना’ तिर्न सहमति जनाएका हुन् । कम्पनीले यो सहमति ‘आरोप स्वीकार वा अस्वीकार नगरी’ भएको स्पष्ट पारेको छ ।

पत्रमा अडानी ग्रीन एनर्जी स्वयं यो मुद्दाको प्रत्यक्ष पक्ष नभएको र कम्पनीविरुद्ध कुनै औपचारिक आरोप नलगाइएको पनि उल्लेख गरिएको छ । साथै अमेरिकी अदालतको अन्तिम आदेश आउन बाँकी रहेको जानकारी दिइएको छ ।

यसैबिच अमेरिकी अभियोजकहरूले अडानीविरुद्ध लगाइएका केही आरोपहरू फिर्ता लिने तयारी गरेको समाचार द न्युयोर्क टाइम्सले बिहीबार सार्वजनिक गरेको थियो । उक्त रिपोर्टअनुसार अडानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलमध्ये एक रोबर्ट गिफ्राको नेतृत्वमा नयाँ कानूनी टोली नियुक्त गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो ।

गौतम अडानी पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय व्यापार जगतमा लगातार चर्चामा रहँदै आएका छन् । कोइला, बन्दरगाह, विमानस्थल, सिमेन्ट, ऊर्जा र सञ्चारमाध्यमसम्म फैलिएको अडानी समूहको व्यापारिक विस्तारले उनलाई भारतकै शक्तिशाली उद्योगपतिमध्ये एक बनाएको छ । तर सोही अवधिमा समूहमाथि कर्पोरेट पारदर्शिता, सेयर कारोबार र वित्तीय अनियमिततासम्बन्धी आरोपहरू पनि लाग्दै आएका छन् । केही अन्तर्राष्ट्रिय अनुसन्धान प्रतिवेदनपछि अडानी समूहका कम्पनीहरूको सेयर बजारमा तीव्र गिरावट आएको थियो, जसले विश्वव्यापी लगानीकर्तामाझ ठूलो चासो र बहस उत्पन्न गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेको चर्चा हुने अडानीको जन्म गुजरात राज्यको अहमदाबादमा मध्यमवर्गीय परिवारमा भएको थियो । आर्थिक सङ्घर्षबीच हुर्किएका उनले १६ वर्षको उमेरमै विद्यालय छोडेका थिए ।

पछि रोजगारीको खोजीमा उनी भारतको आर्थिक केन्द्र मुम्बई पुगेका थिए । मुम्बईमा उहाँले सुरुमा रत्न तथा हिरा व्यापार क्षेत्रमा काम गरेका थिए । त्यसपछि आफ्ना दाजुको प्लास्टिक व्यवसायमा केही समय संलग्न भएर उनले व्यापारिक अनुभव हासिल गरे ।

सन् १९८८ मा उनले निर्यात व्यापारबाट आफ्नो व्यवसायिक यात्रा औपचारिक रूपमा सुरु गरेका थिए । त्यही व्यवसाय विस्तार हुँदै पछि अडानी समूहका रूपमा विकसित भयो । उनको व्यापारिक जीवनमा निर्णायक मोड सन् १९९५ मा आयो । त्यसबेला उनको समूहले गुजरातमा निजी क्षेत्रअन्तर्गत व्यावसायिक बन्दरगाह निर्माण तथा सञ्चालनको ठूलो सम्झौता प्राप्त गरेको थियो ।

त्यसपछि अडानी समूहले पूर्वाधार, ऊर्जा र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा तीव्र विस्तार गर्दै भारतको प्रमुख औद्योगिक समूहका रूपमा आफ्नो स्थान बनाएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनशक्ति अभावले अर्घाखाँचीका तीन अस्पताल भवन प्रयोगविहीन

अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...

बागमती किनार सौन्दर्यीकरणको तयारी, छ स्थानमा पार्क निर्माण गरिने

काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...

मिर्गौला रोगबाट श्रीमानको मृत्यु, कुमाल परिवारलाई किरिया खर्च जुटाउनै सकस

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...

माडीमा बाघसँग मोटरसाइकल ठोक्किएपछि…

चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । ​गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...

आउन थाल्यो नेपाली आँप (तस्बिरहरू)

काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै उदाहरणीय बने मित्रबहादुर

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...

सशस्त्रका ७ डीआईजीको सरुवा, ७ को पदस्थापन, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो ।  जिल्ला कारागारका प्रमुख रवीन्द्र...

वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता

काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending