Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

माओवादी छाडेर एमाले बनेका सभामुख मण्डल ‘महामूर्ख’ घोषित

खबरडबली संवाददाता

जनकपुर। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई ‘महामूर्ख’ घोषित गरिएको छ। प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन् ।

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामूर्खको उपाधि यस वर्ष सभामुख मण्डललाई प्रदान गरेको हो । सोमबार जनकपुरधामस्थित राममन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो।

शिक्षक पेशा परित्याग गरी माओवादी जनयुद्व लड्दै शान्तिपूर्ण राजनीतिको मूलधारमा आएपछि एमाले हुँदै सभामुख बनेका मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्वपूर्ण योगदान पुर्याइ रहेको भन्दै महामूर्खको सम्मान प्रदान गरिएको मिनापले जनाएको छ।

आकर्षण ब्यङ्यात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मानपत्र र मायाको चिनोसहित सभामुख मण्डललाई सो सम्मान प्रदान गरिएको हो। 

त्यसैगरी सोहि समारोहमा हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याए वापत प्रदान गरिने अन्य १३ मान पदवीमा यस वर्ष पटमूर्खको उपाधि मधेस सरकार अर्थ मन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मूर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेमविदेह ललनलाई प्रदान गरिएको छ।

सदाबहार मूर्खको उपाधि प्रअ महाविर दास, वैशाखानन्दनको उपाधि अभियानी दिनेश पूर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थायी मूर्ख, ग्रामीण परवाहास्थित युवा नाट्य परिषद्लाई निर्विकल्प मूर्ख र महोतरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ।
    
यसका अलावा हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कर्ण, लोहाशङ्करको उपाधि क्रिकेटर हरिशङ्कर साह, बुरिराजको उपाधि योग गुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ।  मैथिली भाषा, साहित्य, कला, गीत, सङ्गीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिनापले २८ वर्षदेखि होली महोत्सव र महामूर्ख सम्मेलन गरी होलीमा दुई दिवसीय कार्यक्रम गर्दै आएको छ ।
 
विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आयोजना हुँदै आएको छ। 

विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।
 
विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले) ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो।
 
त्यस्तै विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा भोगेन्द्र झालाई र विसं २०७९ मा जनकपुरधाम उमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५० हजार धरौटीमा छुटे पूर्वसचिव भिम उपाध्याय

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ तिरेर छुटेका छन् । विशेष अदालतमा उपस्थित ...

झाङ-१ (क) मा एमालेका उम्मेदवार भण्कोडारीले तीन हजार कटाउँदा कांग्रेस दाेस्राे स्थानमा

बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै राखेका छन् ।  एमालेका उम्मेदवार द...

इलाम २ मा ७८० मतले लिड गर्दै सुहाङ

काठमाडौं  । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा पाँच वडाको गणना सक्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन् । फाकफोकथुम १, २...

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपरासी सुस्तापूर्व । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।  डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर ...

कांग्रेस आफैले खोल्यो पूर्वाधार कार्यालय गौरमा लगाएको ताला

 रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् ।  सिडियो हिराल...

‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी

धुलिखेल ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए...

बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्...

इलाम २ को प्रारम्भिक गणनाः नेमकिपाले एक मत पाउँदा नेकपा एसको शून्य मत

काठमाडौं । इलाम-२ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् । कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले एक म...

झापामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

झापा  । झापामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-५ बाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्र...

बझाङमा एमालेका भण्डारीलाई पछ्याउँदै कांग्रेस

काठमाडौं । बझाङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १५७ मतसहित अगाडि रहेका छन् । उनलाई ने...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies