Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा लगाईँदै

बिशाल बस्नेत

मकवानपुर । दक्षिण एसियाकै पहिलो मानिने मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ । हस्तान्तरणपछि सुरुङलाई पर्यटकीय स्थलको रुपमा सञ्चालन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

वर्षौंदेखि जीर्ण सुरुङको पुनर्निर्माणपछि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सोमबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गर्न लागेको निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोख्रेलले जानकारी दिए ।

सुरुङको पुनर्निर्माण सम्पन्न एक वर्षअघि नै भइसकेको थियो । तर, प्राविधिक कारण देखाएर निर्देशनालयले उपमहानगरलाई हस्तान्तरण गर्न सकेको थिएन । एक वर्ष अगाडि नै पुनर्निर्माण गरिसकेको र प्राविधिक कारणले हस्तान्तरण हुन नसकी ढोका बन्द गरेर राख्नुपरेको उनले बताए ।

निर्देशक पोख्रेलले उपमहानगर र निर्देशनालयबीच सहमति भएअनुसार मर्मतसम्भार प्रदेश सरकारले गर्ने छ । कर संकलन उपमहानगरले गर्ने छ ।

अवलोकन गर्न कति लाग्छ शुल्क ?

उपमहानगरपालिकाले चुरियामाई सुरुङलाई पर्यटकीय स्थलका रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई ५० रुपैयाँ र विदेशीलाई १२० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ । विद्यार्थीहरुलाई २० रुपैयाँ प्रवेश शुल्क लाग्ने छ । पाँच वर्ष मुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।

चुरियामाई सुरुङ सञ्चालन कार्यविधि बनाएर उपमहानगरले पर्यटकीय स्थलको रुपमा विकसित गर्नेगरी अगाडि बढेको उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई नै सञ्चालनका लागि हस्तान्तरण गर्न सक्ने कार्यविधि नगरपालिकाले बनाएको छ ।

हेटौंडा उपमहानगरपालिका र बारा जिल्लासम्म सीमा जोडिने चुरियामाई मन्दिरमा बनाइएको सुरुङ भग्नावशेष थियो । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको पालामा ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण थालिएको थियो । २०७८ साउनमा थालिएको पुनर्निर्माण २०८० जेठमै वारपार गर्न मिल्ने बनाइएको थियो ।

१०६ वर्ष पुरानो सुरुङ पुनर्निर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले माउण्टेन इन्फ्रा कम्पनीसँग ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सुरुङको पुनर्निर्माण २०७९ वैशाखसम्म सक्ने भनिएता पनि पटक–पटक म्याद थपिएको थियो ।

राणा प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरको पालामा वि।सं। १९७४ सालमा नेपाली सेनाका इञ्जिनियर डिल्लीजंग थापाले सुरुङमार्ग निर्माण गरेका थिए ।

नेपाली प्रविधि प्रयोग गरेर थापाले सुरुङमार्ग निर्माण गराएका थिए । करिब ५ सय मिटर लामो सुरुङ हुँदै मकवानपुरतर्फबाट प्रवेश गरेर बारा पुगिन्थ्यो । त्यतिबेला भारतबाट भीमफेदी हुँदै काठमाडौं पुर्‍याउने साना सवारीसाधन ल्याउन सुरुङ बनाइएको थियो ।


प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बनेर ठूला–ठूला सवारी साधनहरु भित्रिएपछि सुरुङ छेउँबाट चुरे पहाड फोडेर सडक बनाइएको थियो । सडक निर्माण भएपछि साँघुरो सुरुङ प्रयोगमा आएन र लामो समयदेखि सुरुङ भग्नावशेष बनेको थियो ।

सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

मकवानपुरतर्फको सुरुङको प्रवेशद्वारलाई सडक बिस्तारको सम्भावनाले भित्र लगेको देखिन्छ । बारातर्फको प्रवेशद्वार भने पुरानै अवस्थाको हुने जनाइएको छ ।

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगा राखिएको छ, खोपाहरु कुँदिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको स्वास्थ्य मन्त्री पौडेललाई सुझाव

काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौड...

हनिट्र्याप काण्डमा आरोपित इन्स्पेक्टर शाहीलाई अदालत लगिँदै

काठमाडौं । जिल्ला अदालतले थुनामा राख्न पठाइएकी प्रहरी इन्स्पेक्टर बीनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिदैछ ।  आइतबार बयानका निम्ति इन्स्पेक्टर शा...

सामान्य बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रत...

नेपाली भूमिमा भारतको दादागिरी, एक्स्काभेटर र चालकलाई ६ घण्टापछि नियन्त्रणमुक्त

कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारत...

कास्की अदालतमा रवि लामिछानेसहित पाँच जनाको बयान सुरू हुँदै

कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बय...

काभ्रेमा एमाले अखिल दुई फ्याक, विद्यार्थी संगठनमा समानान्तर कमिटी घोषण गर्दे केपीलाई गोकुलकाे चुनौती

काभ्रेपलाञ्चोक  । काभ्रेपलाञ्चोकमा एमाले निकट अनेरास्वियु विभाजित भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूह निर्माण भएका हुन् । अधिवेशनबा...

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

रसुवा ।  उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ ।  गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेको...

अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गराएको आरोपमा एक जना पक्राउ

धनगढी । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपा...

चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा लगाईँदै

मकवानपुर । दक्षिण एसियाकै पहिलो मानिने मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ । हस्तान्तरणपछि सुरुङल...

महोत्तरीमा कहालीलाग्दो महिला हिँसा, अभियानहरु अप्रभावकारी

महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ ।  जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले  हिं...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy