Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

उद्यमसँगै रोजगारी बढाउँदै सोलुखुम्बुको थुलुङ दुधकोशी

आयातीत पेय पदार्थमा रोक लगाउने तयारी

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न अग्रसर बनेको छ । गाउँपालिकाले स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाएको हो । 

गाउँपालिकाको ७ नम्बर वडाले स्थानीय किसानले उत्पादन गरेको फलफुलबाट जुस बनाउने उद्यम थालेको छ ।  गाउँपालिकाले सञ्चालन गरेको उद्यमशीलता विकास तालिममा सहभागी भएका ३४ जना स्थानीय मिलेर व्यवसायिक जुस उत्पादन सुरु गरेको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिए । सीप सिकेकाहरुले व्यवसायिक रुपमा जुस उत्पादन गरी बजारमा लैजाने तयारी गरेका छन् ।

उनीहरुले घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गरेर जुस उत्पादन सुरु गरेका हुन् । उनीहरुले यस वर्ष किवी, सुन्तला, अमला र कागतीको जुस उत्पादन गर्ने तयारी गरेका छन् । त्यसका लागि आवश्यक पर्ने किवी, सुन्तला र अमला उनीहरुले खरिद गरेर कोल्डस्टोरमा भण्डारण गरेका छन् । कोल्डस्टोरबाट आवश्यकता अनुसार फलफुल निकालेर दैनिक फलफुल पेलेर जुस बनाउने गरेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिका ८ नम्बर वडामा २१ मेट्रिक टन क्षमताको कोल्डस्टोरेज निर्माण गरी फलफुल सुरक्षित भण्डारण गर्ने गरिएको छ । व्यवसायिक जुस उत्पादनको क्षमता बढाउँदै जानुपर्ने भएकोले वडा नम्बर ७ पनि कोल्डस्टोर बनाउने प्रक्रिया अगाडि बढाएको अध्यक्ष कार्कीले जानकारी दिए । यसरी उत्पादन गरिएको जुस एक वर्षसम्म सुरक्षित रहने भएकोले बजारीकरणमा गाउँपालिकाले सहजीकरण गरिदिने बताइएको छ ।

गाउँपालिकाले यस वर्ष परीक्षणस्वरुप १० हजार लिटर जुस उत्पादन गरेर बजारमा पठाउने तयारी गरेको छ । पहिलो चरणमा स्थानीय बजारमै जुस प्रवद्र्धन गर्ने योजना वडा कार्यालयले बनाएको छ । 
आयातीत पेय पदार्थमा रोक लगाउने तयारी

आगामी वर्ष जुसको उत्पादन बढाएर थुलुङ दुधकोशी गाउँपालिकामा कोकाकोला, फेन्टा, स्प्राइटजस्ता आयातित जुसको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गर्दै गाउँपालिकाले फलफुलको जुस उत्पादन र बजारीकरणमा जोड दिएको वडाध्यक्ष कार्कीले बताए ।  आफैंले उत्पादन गरेको अग्र्यानिक फलफुलबाट बनेको जुसको प्रयोग बढाउने र आयातीत पेय पदार्थहरुको बिक्रीमा रोक लगाउने  गाउँपालिकाको योजना रहेको पनि उनले बताए । 

जुससँगै उक्त उद्यमीहरुको समूहले अचार उत्पादन पनि थालिसकेको कार्कीले बताए ।  गाउँपालिकाले थुलुङ दुधकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पकेट खेती कार्यक्रम सञ्चालन गरी फलफुल उत्पादनमा जोड दिँदै आएको छ । किसानहरुले उत्पादन गरेको फलफुलले बजार नपाउँदा किसानहरु चिन्तित हुनथालेपछि गाउँपालिकाले फलफुलबाट जुस र अचार बनाएर बिक्री गर्ने योजना बनाइ उद्यमशीलता तालिम दिन थालेको हो ।

एक घर एक उद्यमी

गाउँपालिकाले 'एक घर एक उद्यमी’ नारासहित उत्पादनमा जोड दिँदै आएको छ । सोही योजनाका साथ उसले हरेक घरका एक जना सदस्यलाई व्यवसायिक सीप सिकाउँदै आएको छ । गाउँपालिकाले एउटा कुनै व्यवसायिक सीप उपलब्ध गराएको घरको अन्य सदस्यलाई अरु प्रकारको सीप विकास तालिममा सहभागी नगराउने नीति लिएको छ ।

एउटा घरबाट एक जना सदस्यलाई कुनै एउटा सीप सिकाउने र अर्को प्रकारको तालिममा त्यसै घरबाट अरु सदस्यलाई सहभागी नगराउने भएकाले सिकेको सीपको सदुपयोग गर्न र रोजगारी सिर्जना गर्नुका साथै उद्यम विकासमा पनि योगदान पुग्ने विश्वास लिएको वडाअध्यक्ष कार्कीले बताए । 
जुस उत्पादन तालिम दिएर उद्यमशीलता विकासमा जोड दिएको गाउँपालिकाले यस वर्ष कच्चा पदार्थ खरिद गर्न केही रकम अनुदान दिएको छ भने यन्त्र उपकरण खरिदमा पूर्ण अनुदान दिएको छ । त्यसबाट उद्यमीहरुलाई उत्पादनमा लाग्न सहयोग पुगेको छ ।

गाउँपालिकाले यस वर्ष १४ जना महिलाहरुलाई ढाका बुन्नु तालिम दिएको थियो । तालिम दिएका सबै एउटा केन्द्रमा भेला भएर ढाका उत्पादन थालिसकेका छन् । ढाका उत्पादनलाई पनि व्यवसायिकरुपमा अगाडि बढाइरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

घरघरमा स्वेच्छिक उत्पादन गर्न दिँदा व्यवसायिक लक्ष्य हासिल गर्न गाह्रो हुने र गुणस्तर नियन्त्रण गर्न नसकिने भएकोले एउटै केन्द्रमा काम गर्ने र उद्योगकै रुपमा विकास गर्ने गरी उत्पादन विधि बनाइएको  वडाध्यक्ष कार्कीले बताए ।

पछिल्लो पटक गाउँपालिकाले बेकरी उत्पादन र सरफ उत्पादन गर्ने तालिम पनि सञ्चालन गरिरहेको छ ।  कपडा धुन प्रयोग हुने सरफको व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित चैत ८ गतेबाट १५ दिने तालिम जारी रहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

वडा कार्यालयको आयोजनामा सुरु भएको तालिमको गाउँपालिका अध्यक्ष असिम राईले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । अध्यक्ष राईले सीपले मानिसलाई परिपक्व र आत्मनिर्भर बनाउने बताए । बेकरी तालिममा २५ र सरफमा २२ जनाको सहभागिता छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपप्रधानमन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् । अप्रिल ३...

सहिद लखन थापाको सालिक निर्माण

चितवन ।  नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ । लखन थापा पार्क व्यवस्थापन समितिमार्फत साढे तीन फिट अग्ल...

बझाङमा ४३ प्रतिशत मतदान

बझाङ ।  बझाङमा प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।   मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ह...

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६...

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ ...

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द, दुई हजार बढी मजदुर बेरोजगा

जनकपुर ।  आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्...

बझाङमा ४० प्रतिशत मतदान

बझाङ । बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ ।  मुख्य निर्वाचन अधिकृत सु...

धुलिखेलमा विवाहकै दिन बेहुली फरार

धुलिखेल । धुलिखेलबाट विवाहकै दिन बेहुली फरार भएकी छन् । धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी हुन् ।  विवाहका लागि...

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

रौतहट । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनी नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन्।  मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँडको बिष...

अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेसको विरोध

काठमाडौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ । शनिबार कांग...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies