Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

उपनिर्वाचनः आ-आफ्नै उमेदवारी दिने तयारीमा दलहरू

इलाम-२ मा पर्ख र हेरको अवस्थामा कांग्रेस, लिम्बूलाई फकाउँदै रास्वपा

खबरडबली संवाददाता

काठमाडौं । इलाम २ मा हुने प्रतिनिधिसभा सदस्य र बझाङ ९१०मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचन आउन अब एक महिनामात्रै बाँकी छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दलहरुले उम्मेदवार तय गर्नेदेखि चुनाव हुने क्षेत्रमा आफ्नो तयारी तीब्र बनाएका छन् ।

केन्द्रमा नयाँ गठबन्धन गर्दै प्रदेश सरकारसमेत परिवर्तनको भागबण्डामा रहेका दलहरु अन्ततः एकल प्रतिस्पर्धामा चुनावी मैदानमा जाने भएका छन् । नेकपा ९एमाले०ले दलहरुसँग छलफल नै नगरी एकल उम्मेदवारी घोषणा गर्दै उम्मेदवार नै तय गरेपछि गठबन्धनमा रहेका अन्य दलहरु समेत एकपछिअर्को उम्मेदवार तय गर्न लागेका हुन् ।

राष्ट्रियसहित क्षेत्रीय दल र स्वतन्त्र उम्मेदवारहरुले पनि फटाफट उम्मेदवारी घोषणा गरिरहेका छन् । नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), जनमतसहितका दलहरुले उम्मेदवार तय गरिसकेका छन् । गठबन्धनमा रहेको अर्को दल जसपाले भने निर्वाचनबारे केही निर्णय लिइसकेको छैन । यद्यपि पहिचानवादीहरूले साझा उम्मेदवारका रूपमा अघि सारेका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने तयारी जसपाको छ । यसमा औपचारिक निर्णय भने हुन बाँकी छ ।

निर्वाचन कार्यतालिका अनुसार चैत्र २४ गते बिहान १० देखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

एमाले उम्मेदवार सुहाङ

सत्तारुढ एमालेले  इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । यस्तै, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र ९१० मा एमालेले दमन भण्डारीलाई टिकट दिने निर्णय गरेको छ । एमालेले गत आइतबार नै उम्मेदवारको नाम घोषणा गरेको हो ।

माओवादीले आफ्नै उम्मेदवार उठाउने

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भएको छ । बुधबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकले इलाम-२ मा हुने प्रतिनिधिसभा र बझाङ (१)मा हुने प्रदेशसभाको उपनिर्वाचनमा आफै उम्मेदवारी दिने निर्णय गरेको हो।

इलाम २ का लागि माओवादीको जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली र ओम गुरूङको नाम सिफारिस गरेको छ । त्यसबाट एक जनाको नाम तय गर्न बाँकी छ । बझाङका लागि भने माओवादीले प्रक्रिया अघि बढाएको छैन ।

एकीकृत समाजवादीले पनि छुट्टै उम्मेदवारी दिने

नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनमा आफै उम्मेदवार उठाउने भएको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ इलाम २ मा जीतबहादुर राई र प्रदेशसभा सदस्यतर्फ बझाङ ९१०मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने भएको हो । सत्तागठबन्धन दलहरु समेत आआफ्नै उम्मेदवार लिएर चुनावी मैदानमा उत्रिएपछि एकीकृत समाजवादी पनि आफ्नै उम्मेदवार उठाउने निष्कर्षमा पुगेको हो ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूलाई फकाउँदै रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । आगामी शनिबार औपचारिक उम्मेदवार घोषणा गर्नेगरी रास्वपाले लिम्बूसँगको छलफल जारी राखेको छ ।

पूर्वपत्रकारसमेत रहेका लिम्बू कट्टर पहिचानवादी अभियन्ताका रुपमा चिनिन्छन् । माओवादी केन्द्र छाडेर लिम्बूले गत चैत ४ गते इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । रास्वपामा थप २ जनाको नामसमेत चर्चामा रहेपनि सम्भावना भने लिम्बूको रहेको एक नेताले बताए ।

रास्वपाले बझाङमा प्रदेशसभा सदस्य निर्वाचन भने नलड्ने यसअघि नै निर्णय गरिसकेको छ ।

राप्रपा पनि प्रतिस्पर्धामा

इलाम २ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० इलाम जिल्ला समितिले तीन जना सम्भावित उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम सिफारिस गरेको हो ।

जनमतबाट थाम्सुहाङ उम्मेदवार

जनमत पार्टीले इलाम—२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पहिचानवादीहरूको साझा उम्मेदवारका रुपमा थाम्सुहाङलाई अगाडि सारेको बताएका छन् । थाम्सुहाङ पछिल्लो समय कोशी प्रदेश नाम खारेजी अभियानमा सक्रिय छन् । यसअघि लोसपाको प्रदेश एक इन्चार्ज रहेका थाम्सुहाङ अर्को मधेस केन्द्रित दल जनमतबाट चुनाव लड्न लागेका हुन् ।

पहिचानवादीहरुका साझा उम्मेदवार थेगिम

प्रदेशको नाम कोशी राखिएपछि संघर्षरत प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले इलाम २ मा हुने उपनिर्वाचनका लागि डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाइने निर्णय गरिसकेका छन् । थेगिम पहिचानसहितको प्रदेश नं। १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष हुन् ।

गत चैत २ गते नै थेगिमसहित किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले संयुक्त वक्तव्या जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

पर्ख र हेरको अवस्थामा कांग्रेस

इलाम–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसले भने पुरानै उम्मेदवार दोहोर्या्उने मनस्थिति बनाएको छ । विशेष गरेर रास्वपाको उम्मेदवार कुर्दै गरेको कांग्रेसले डम्बर खड्कालाई प्राथमिकतामा राखे पनि अन्तिम निर्णय भने गरिसकेको छैन । संसदीय बोर्डको शुक्रबार बस्ने बैठकले सो बारे औपचारिक निर्णय गर्नेछन् ।

गत निर्वाचनमा खड्का एमाले उम्मेदवार स्वर्गिय सुवास नेम्वाङ्सँग ११४ मतले पराजित भएका थिए । कांग्रेस कोशी प्रदेश कार्यसमितिले उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रीय कार्यसमितिमा पठाएको छ । समितिले पहिलो नम्बरमा भेषराज आचार्य र दोस्रोमा पूर्वसांसद केशव थापालाई सिफारिस गरेको छ । तेस्रो नम्बरमा खड्का छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: