धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रको नयाँ समीकरणलाई केन्द्र र प्रदेशमा समर्थन गर्ने निर्णय गरेको छ ।
बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो । आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्य मध्ये १२ जना उपस्थित रहेको बताइएको छ ।
अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी जापानमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेकी हुन् । यो बैठकलाई संरक्षक चौधरी पक्षले बहिष्कार गरेको थियो ।
संरक्षक चौधरी नयाँ समीकरणमा बनेको सरकारलाई समर्थन नगर्ने पक्षमा रहेको छ । तर अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समयमा ह्वीप लगाएर मत दिएकी थिइन् ।
त्यस्तै नाउपाले सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको छ । संरक्षक चौधरीको निर्देशनमा नाउपाका ७ मध्ये पाँच सांसद अहिले मन्त्री बनेका छन् ।
अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले अहिलेसम्म सर्मथन फिर्ता भने लिएको छैन ।
केहि समय अघि पार्टीमा श्रीमान श्रीमतीबीच नै विवाद बढेपछि चौधरीले श्रीमतीलाई सम्झाउन नसकेकोगुनासो पोखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८१ - १७:२२
पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ ग...
बैशाख १९ गते, २०८१ - १७:१२
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जान...
बैशाख १९ गते, २०८१ - १७:०४
बागलुङ । खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययनका अनुमति दिएपछि उत्साहित भएका छन् । एक सय वर्षदेखि ...
बैशाख १९ गते, २०८१ - १६:४५
काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अन...
बैशाख १९ गते, २०८१ - १६:३८
काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामील...
बैशाख १९ गते, २०८१ - १६:३१
रौतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यध...
बैशाख १९ गते, २०८१ - १५:४७
काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ...
बैशाख १९ गते, २०८१ - १५:४२
काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले का...
बैशाख १९ गते, २०८१ - १५:३३
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर...
बैशाख १९ गते, २०८१ - १५:१५
काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् । ...
प्रतिकृया लेख्नुहोस्: