विराटनगर । कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ‘कृषि मूल्य सूचना प्रणाली’ तयार गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सूचना प्रणालीको सार्वजनिकीकरण गर्दै बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।
उनले भने, “कृषिमा उन्नति गरेर नै अर्थतन्त्रलाई बलियो तथा समृद्ध बनाउन सकिन्छ । कृषिमा मेहनत गर्ने किसान तथा कृषकलाई पहिचान गरेर सरकारले आवश्यक सहुलियत दिने योजना रहेको छ । कृषि उत्पादनको उचित मूल्यको पारदर्शिताले सुशासनमा सुधार आउँदछ । ”
उनले कृषि संवाद कार्यक्रम सञ्चालन गरेर कृषकसँग भएका ज्ञान, सीप र क्षमतालाई विस्तार गर्न निर्देशन दिए । सो कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले कृषि मूल्य सूचना किसानसम्म सही तरिकाले पुर्याउनु पर्नेमा जोड दिए ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आयातित कृषि उत्पादनले यहाँका कषक निकै मर्कामा परेकाले यसतर्फ सरकारको ध्यान जानुपर्छ भने । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कृषि मूल्य सूचना प्रणालीले वस्तु उत्पादन गर्ने कृषक, व्यापारी र उपभोक्तालाई सहज हुने धारणा राखे ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सूयविनायक नगरपालिका इलामका प्रमुख रणबहादुर राई, मन्त्रालयका प्रशासन तथा योजना प्रमुख पशुपति पोखरेल, धरान कृषि थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराई, उदयपुरका ईश्वर रानामगर, विर्तामोड झापाका राजेन्द्र कडरिया र खगेन्द्र महतो र प्राविधिक रेशिका कोइरालाले पनि बोलेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: